National life

रिडी पावरको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम मौका ,कहाँ दिने आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ वैशाख २०८१, आइतबार
759Shares
रिडी पावरको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम मौका ,कहाँ दिने आवेदन ?
ncell

काठमाडौँ । रिडी पावर कम्पनीको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम मौका रहेको छ ।

कम्पनीले ७७ करोड ४४ लाख ५० हजार ६०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद शेयर निष्कासन गरेको गरेको थियो त्यसमध्येमा आवेदन नपरेको ११ लाख ३५ हजार ६५७ कित्ता शेयर चैत २९ गतेदेखि शिलबन्दी बोलपत्र प्रक्रियामार्फत बिक्री खुला गरेको हो। सोही शेयरमा आज आइतबारसम्म मात्र आवेदन दिने समय रहेको छ ।

शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
लगानीकर्ताले सो वा सोभन्दा बढी अंकित मूल्य गरी शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने कम्पनीले जनाएको छ। शेयर खरिदको लागि बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतम शेयर सङ्ख्याको लागि कुनै हद लाग्ने छैन।

तर शेयर खरिद गर्न आवेदन गरेको कुल शेयर कित्ता जोड्दा नियमक निकायले एउटा व्यक्ति वा संस्था कम्पनीले खरिद गर्न वा राख्न पाउने भनी तोकेको अधिकतम सङ्ख्या सीमा भन्दा बढी नहुने गरी आवेदन पेश गर्नु पर्नेछ ।

बोलकबोलमा शेयर बाँडफाँड गर्दै जाँदा अन्तिम मूल्यमा दुई वा दुई भन्दा बढी आवेदकहरू पर्न गएमा बोलकबोलबाट बाँकी भएको शेयरहरू माग भएको शेयर सङ्ख्याको सापेक्षिक भार अनुसार दामासाहीले बाँडफाँड गरिनेछ । बोलपत्र स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार निष्कासन कम्पनीमा निहित रहनेछ ।

लगानीकर्ताले बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकका ठिमी–भक्तपुर, कुमारी पाटी–ललितपुर, बिर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौँडा, नारायणगढ, चिप्लेढुङ्गा–पोखरा, बाग्लुङ्ग, बुटवल, घोराही–दाङ, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

यो समाचार शेयर गर्नुहोस्
759SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?