National life

रिलायन्स फाइनान्सका ग्राहकले चिरायु हस्पिटलमा छुट पाउने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१६ असोज २०८०, मङ्गलबार
546Shares
रिलायन्स फाइनान्सका ग्राहकले चिरायु हस्पिटलमा छुट पाउने
ncell

काठमाडौँ । रिलायन्स फाइनान्स लिमिटेड र चिरायु नेशनल हस्पिटल, बसुन्धारा काठमाडौँका बीचमा स्वास्थ्य सेवामा छुट दिने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौता अन्तर्गत रिलायन्स फाइनान्स लिमिटेडका समस्त ग्राहक वर्ग, शेयर धनी तथा कर्मचारीहरूले चिरायु नेशनल हस्पिटलले प्रदान गर्ने विविध स्वास्थ्य सेवामा १५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

नेपाल राष्ट्र बैकबाट “ग” वर्गको वित्तीय कारोबार गर्ने इजाजत मिति २०६६-०८-१० मा प्राप्त गरी मिति २०६६-०८-१८ बाट संस्थाको केन्द्रीय कार्यालय प्रदर्शनी मार्गबाट आफ्नो कारोबार सुरु गर्दै आएको यस संस्थाले हाल का.म.न.पा.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
१ कमलादीमा रहेको आफ्नै भवनमा केन्द्रीय कार्यालय सहित मुख्य शाखा कार्यालय सञ्चालन गरेको छ ।

संस्थाले न्यूरोड काठमाडौँ, सितापाईला काठमाडौँ, ईमाडोल ललितपुर, नारायणघाट चितवन, महेन्द्रपुल पोखरा कास्की, वेशीशहर लमजुङ, बनेपा काभ्रेपलाञ्चोक, आरुघाट गोरखा, चारआली झापामा, गोरखा बजार गोरखा, भैरहवा रुपन्देही, मणिग्राम रुपन्देही, बुटवल रुपन्देही, धनगढी कैलाली, महेन्द्रनगर कन्चनपुर, कोहलपुर बाँके, अत्तरिया कैलाली, दमक झापा, बिर्तामोड झापा, धुलाबारी झापा, र टाँडी चितवनमा शाखा कार्यालय गरी जम्मा २१ वटा शाखा कार्यालय खोली कारोबार गर्दे आएको छ ।

संस्थाले “वित्तीय सेवाको अर्को परिभाषा” भन्ने नाराका साथ संस्थाका ग्राहकहरूलाई सहज तथा सर्व सुलभ तरिकाले विभिन्न शीर्षकहरूमा कर्जा प्रदान गर्नुका साथै विभिन्न निक्षेप योजना लागु गरी आकर्षक व्याज प्रदान गर्दे निक्षेप सङ्कलन गर्दे आएको छ ।

यो समाचार शेयर गर्नुहोस्
546SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?