National life

वर्ल्ड लिंककाे बिल भुक्तानी गर्दा खल्तीले दुबई घुमाउन लैजाने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१२ असोज २०८०, शुक्रबार
731Shares
वर्ल्ड लिंककाे बिल भुक्तानी गर्दा खल्तीले दुबई घुमाउन लैजाने
ncell

काठमाडौं । इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनकाे इन्टरनेट सेवा प्रयाेगकर्ताले बिल भुक्तानी गर्दा दुबई घुमघाम गर्न पाउने भएका छन् । वर्ल्डलिंककाे भगिनी संस्था खल्ती डिजिटलकाे वालेटमार्फत् वर्ल्डलिंककाे इन्टरनेट सेवाशुल्क भुक्तानी गर्ने नयाँ वा पुराना ग्राहकमध्ये २४ जना ग्राहककाे जाेडीले दुबई भ्रमणकाे प्याकेज जित्ने अवसर पाउनेछन् ।

याे याेजना अवधिभर खल्ती वालेटमार्फत् ३ महिना वा १२ महिनाकाे सेवाशुल्क भुक्तानी गर्ने मध्ये हरेक हप्ता दुई भाग्यशाली ग्राहकले दुबई घुमघामकाे लागि चार रात पाँच दिनको प्याकेज जित्ने अवसर पाउनेछन् । दुबई भ्रमणका लागि लाग्ने काठमाडाै‌ंदेखिकाे आतेजाते हवाई टिकट सहित दुबई घुमघाम र हाेटलकाे समेत खर्च खल्ती वालेटले व्यहाेर्ने छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

खल्ती डिजिटलका अनुसार असाेज १० गतेदेखि शुरु भएकाे याे याेजना पुस १५ गतेसम्म लागू हुनेछ। तीन महिनाको इन्टरनेट शुल्क भुक्तानीमा दुईवटा भाग्यशाली उपहार कुपन र १२ महिनाको शुल्क भुक्तानीमा पाँचवटा भाग्यशाली कुपन खल्ती वालेटले उपलब्ध गराउने छ। भाग्यशाली विजेताकाे नाम साप्ताहिकरुपमा घाेषणा गरिने खल्तीले जानकारी दिएकाे छ। यसबाहेक प्रत्येक भुक्तानीमा सुनिश्चित उपहार भएकाे डिजिटल स्क्रयाच कार्ड पनि उपलब्ध गराईने जानकारी दिएकाे छ।

यो समाचार शेयर गर्नुहोस्
731SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?