National life

डिजिटल रूपान्तरणमा सात वर्ष प्रवेश गर्दै खल्ती,सुविधामा थप विस्तार

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१२ माघ २०८०, शुक्रबार
1.1kShares
डिजिटल रूपान्तरणमा सात वर्ष प्रवेश गर्दै खल्ती,सुविधामा थप विस्तार
ncell

काठमाडौं । खल्तीले आज शुक्रबारका दिन आफ्नो सातौँ वार्षिकोत्सव मनाइरहेको छ । २०१७ मा मोबाईल टपअप र बिल भुक्तानी सुविधाबाट डिजिटल रूपान्तरण सुरुवात गरेको खल्तीले अहिले ईभेन्ट टिकटिङदेखि सरकारी सेवासम्मको कारोबारमा डिजिटल भुक्तानीको सेवा दिदै आएकोा छ ।

नेपालीका लागि वित्तीय समावेशीकरणको उद्देश्य लिएर अगाडि बढेको खल्तीले आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा आफ्नो सातौ वर्षसम्मको लामो यात्रामा साथ दिएकोमा सम्पूर्ण प्रयोगकर्ता,साझेदार,नियामक निकाए, एजेन्ट,मर्चेन्ट व्यवसायी र खल्ती कर्मचारीहरूलाई आभार व्यक्त गरेको छ।

निकै कम समयमा पनि नेपालको डिजिटल कारोबारको करिब एक चौथाई ओगट्न सफल खल्तीले दैनिक करिब ३ लाख वटा भन्दा बढी कारोबार द्वारा लाखौँ प्रयोगकर्ताहरूको जनजीवन सहज बनाईरहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

हाल एक लाख भन्दा बढि साना तथा मझौला मर्चेन्ट व्यवसायीहरू प्रत्यक्ष रूपमा खल्तीको डिजिटल भुक्तानी सेवाबाट लाभान्वित भईरहेका छन्। आफ्नो स्थापनाको छोटो अवधिमा नै खल्तीले करिब ४० लाख भन्दा बढी प्रयोगकर्ताहरू,एक लाख ं एजेन्ट,६० हजार ं मर्चेन्ट ,५०ं बैंक तथा वित्तिय संस्था र १५००ं सहकारीको विश्वास जित्दै निरन्तर साथ पाउन सफल भएको खल्तीको जाजकारी छ ।

खल्ती आफ्नो सातौँ वर्षमा प्रवेश गर्दै एक डिजिटल वलेट मात्र नभई ‘योङ्ग एण्ड ट्रेन्डी फाइनान्सिएल लाइफस्टाइल ब्रान्ड’ बन्दै युवा पुस्तालाई लक्षित गर्दै अघि बढिरहेको छ। यसका लागि खल्तीले भुक्तानी बाहेकका विभिन्न नवीन सेवा जस्तै खल्ती क्विज,खल्ती बिलबुक नवीकरण,खल्ती सुरक्षा, इभेन्ट टिकटिङ,भोटिङ,मुभी टिकटिङ,‘खल्ती प्रो’,‘खल्ती क्लब’जस्तै सेवाहरू उपलब्ध गर्दै आइरहेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?