National life

अरिजित सिंहको लाइभ शोको एक मात्र टिकटिङ पार्टनरमा खल्ती

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०३ भदौ २०८०, आइतबार
970Shares
अरिजित सिंहको लाइभ शोको एक मात्र टिकटिङ पार्टनरमा खल्ती
ncell

काठमाडौं । ‘खल्ती’ ले अरिजित सिंहको लाईभ म्युजिकल शोमा एक मात्र टिकटिङ पार्टनरको रूपमा सम्झौता गरेको छ। यस सम्झौता पश्चात गराज इन्टरटेनमेन्ट र एम एन प्रडक्सनले आयोजना गरेको नोभेम्बर २५ मा काठमाडौंको हायात रिजेन्सी ग्राउण्डमा दिउँसो २ बजे सुरु हुने अरिजित सिंहको लाईभ शो को टिकट सबैले सजिलै ‘खल्ती’ मार्फत किन्न सक्नेछन्।

अहिले बलिउडका सबैभन्दा लोकप्रिय गायक साथै विश्वव्यापी संगीत स्ट्रिमिङ प्लेटफर्म स्पोटिफाईमा २०२०/२०२२ को सबैभन्दा स्ट्रिम गरिएको भारतीय कलाकारको रूपमा परिचित छन्। अरिजित सिंहको लाईभ म्युजिकल शोको टिकट सजिलै सुबिधा जनक तवरबाट सङ्गीत प्रेमी प्रयोगकर्ताहरूले प्राप्त गरुन् भन्ने प्रतिबद्धताका साथ ‘खल्ती’ ले यो सुबिधा उपलब्ध गराएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस सुबिधा उपलब्ध भएसँगै, खल्ती प्रयोगकर्ताहरूले निर्धक्क भई टिकट खरिद गरी आफ्नो स्थान सुरक्षित गर्न सक्नेछन्।

यस बारे ‘खल्ती’ का प्रमुख कार्यकारी अधिकृत विनय खड्का भन्छन्,“हामी यस कार्यक्रममा टिकटिङ पार्टनरको रूपमा प्रस्तुत हुन पाउँदा अत्यन्त उत्साहित छौं। ट्रेन्डी तथा लाईफ इस्टाईल ब्राण्डको रूपमा परिचय बनाउन सफल रहेका हामी प्रयोगकर्ताहरूको दैनिक कारोबारदेखि लिएर विभिन्न अविस्मरणीय अनुभवहरूको पाटोको रूपमा स्थापित हुने प्रतिबद्धताका साथ अघि बढिरहेका छौं। यसै उदेश्यलाई यथावत् राख्दै हामीले प्रयोगकर्ताहरूलाई सहज तरिकाले टिकट खरिद गर्ने सेवा हाम्रो प्ल्याटफर्म मार्फत उपलब्ध गराएका छौँ।“

खल्तीमा देशभरिका ३१ लाख भन्दा बढी प्रयोगकर्ताहरू, ७० हजार भन्दा बढी एजेन्ट, ६० हजार भन्दा व्यापारी, ५० भन्दा बढी बैंक तथा वितिय संस्था, एक हजार भन्दा बढी सहकारीहरू र २५० भन्दा बढी कर्मचारी को परिवारमा रुपान्तरण भएको छ।

यो समाचार शेयर गर्नुहोस्
970SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?