National life

वाणिज्य बैंकहरुको सीडी रेसियो ७९% को लाइनमा, कुन बैंकको कति ? (सूचिसहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ फागुन २०८१, आइतबार
1.1kShares
वाणिज्य बैंकहरुको सीडी रेसियो ७९% को लाइनमा, कुन बैंकको कति ? (सूचिसहित)
ncell

काठमाडौँ । नेपाल बैंकर्स संघले उपलब्ध बनाएको तथ्यांक अनुसार वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) औसत ७९.३५ प्रतिशत कायम रहेको छ ।

माघ मसान्तसम्म आइपुग्दा राष्ट्रिय वाणिज्य बैंकको सीडी रेसियो ६३ प्रतिशत रहेको र स्ट्याण्डर्ड चार्टर्ड बैंकको ६८ प्रतिशत कायम भएको संघले तयार गरेको तथ्यांकमा उल्लेख छ ।  माघ मसान्तसम्मको अवधिमा नेपाल बैंकको ७३.६९ प्रतिशत, नेपाल एसबिआई बैंकको ७५.४९ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ७७.५६ प्रतिशत, प्रभु बैंकको ७५.८४ प्रतिशत, ग्लोबल आइएमई बैंकको ७८.७७ प्रतिशत र कृषि विकास बैंकको ७५.४३ प्रतिशत छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साथै समीक्षा अवधिसम्म लक्ष्मी सनराइजको ८०.८० प्रतिशत, सानिमा बैंकको ८०.९२ प्रतिशत, कुमारी बैंकको ८१.८० प्रतिशत, नबिलको ८२.४४ प्रतिशत, हिमालयन बैंकको ८२.७० प्रतिशत, एनआईसी एसिया बैंकको ८३.०७ प्रतिशत, एभरेष्ट बैंकको ८३.५१ प्रतिशत, माछापुच्छ्रेको ८३.६० प्रतिशत, र एनएमबि बैंकको ८३.६२ प्रतिशत देखिएको छ ।

एनबीएका अनुसार माघ मसान्तसम्ममा सिटिजन्स बैंकको ८४.०१ प्रतिशत सीडी रेसियो छ भने सिद्धार्थ बैंकको ८५.०२ प्रतिशत सीडी रेसियो हुँदा प्राइम कमर्सियलको ८५.७७ प्रतिशत कायम भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?