National life

विकास ऋणपत्र मार्फत ८ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार: बोलकबोल आजै

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ फागुन २०८०, मङ्गलबार
606Shares
विकास ऋणपत्र मार्फत ८ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार: बोलकबोल आजै
ncell

काठमाडौं । आज फागुन २९ गते मंगलबारका दिन नेपाल सरकारले ८ अर्ब आन्तरिक ऋण उठाउने भएको छ। आन्तरिक ऋण उठाउनको लागि सरकारले नेपाल राष्ट्र बैंकमार्फत विकास ऋणपत्र जारी गर्दैछ।

उक्त ऋणपत्रका लागि आज फागुन २९ गते दिउँसो ३ बजे बोलकबोल हुने बैंकले एक सूनचा मार्फत जानकारि दिएको छ । यसको निष्कासन मिति भने फागुन ३० गते तोकिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
केन्द्रीय बैंकले ८ अर्ब रुपैयाँको ८ वर्ष अवधि भएको विकास ऋणपत्र २०८८ ‘झ’ जारी गर्न लागेको हो।

इच्छुक खरिदकर्ताले प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुन सकिने सूचनामा उल्लेख गरिएको छ ।प्रतिस्पर्धी र अप्रतिस्पर्धीलाई क्रमशः ८५ प्रतिशत र १५ प्रतिशत छुट्याइएको छ। बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको ‘कट अफ’ ब्याजदरलाई एकल ब्याजदर कायम गरी हुने राष्ट्र बैंकले जनाएको छ।

ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन्। यो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले पनि खरिद गर्ने सक्नेछन् ।

ऋणपत्रमा घटीमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा बोलकबोल पेश गर्नुपर्नेछ।

यो समाचार शेयर गर्नुहोस्
606SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?