National life

वित्तीय तथा बीमा क्षेत्रको योगदान ६.८२ प्रतिशत रहने अनुमान

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ जेठ २०८१, आइतबार
907Shares
वित्तीय तथा बीमा क्षेत्रको योगदान ६.८२ प्रतिशत रहने अनुमान
ncell

काठमाडौँ। संघीय संसद् प्रतिनिधिसभाको बैठकमा सरकारले चालु आर्थिक वर्षको आठ महिनासम्मको आर्थिक सर्वेक्षण पेश गरेको छ।

अर्थमन्त्री वर्षमान पुनले आव २०८०- ८१ को फागुन महिनासम्मको आर्थिक सर्वेक्षण पेश गरेका हुन्। सर्वेक्षणमा चालु आर्थिक वर्षमा बीमा तथा वित्तीय क्षेत्रको कुल मूल्य अभिवृद्धि बढ्ने अनुमान गरिएको छ।

गत आर्थिक वर्ष बैंक वित्तीय संस्था तथा बीमा क्षेत्रको कुल मूल्य अभिवृद्धि ७.२७ प्रतिशतले बढेकोमा चालु आर्थिक वर्ष ७.८० प्रतिशतले अनुमान गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

गत आर्थिक वर्ष कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा यस क्षेत्रको योगदान ७.०४ प्रतिशत रहेकोमा चालु आवमा ६.८२ प्रतिशत रहने अनुमान गरिएको सर्वेक्षणमा उल्लेख छ।

पछिल्लो दशक जीडीपीमा यस क्षेत्रको योगदान वार्षिक औसत ६.२१ प्रतिशत र वृद्धिदर ७७ प्रतिशत रहेको छ। गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा वित्तीय तथा बीमा क्षेत्रको योगदान ०. ८३ अंकले घट्ने अनुमान गरिएको छ।

बीमा कम्पनीहरूको व्यवसाय राम्रै देखिए पनि चालु आवमा बैंकहरुमा बढ्दो खराब कर्जा अनुपातले गर्दा व्यवसायमा धक्का लागेको छ ।

यो समाचार शेयर गर्नुहोस्
907SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?