काठमाडौँ। चालु आर्थिक वर्षको पहिलो नौ महिनामा पर्साको वीरगन्ज नाका हुँदै वस्तु तथा सामान आयात बढेको छ। वीरगन्ज भन्सार कार्यालयका अनुसार समीक्षा अवधिमा रु. ६ खर्ब ९४ अर्ब ५ करोडबराबरको आयात भएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३ प्रतिशतले बढी हो। गत वर्ष सोही अवधिमा रु.
यस्तै, आयात संरचनालाई हेर्दा पेट्रोलियम पदार्थ शीर्ष स्थानमा रहेको छ। चालु आवमा मात्र रु. १ खर्ब ४८ अर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ। गत आवको सोही अवधिमा भने एक खर्ब ४० अर्ब १० करोड रुपैयाँको पेट्रोलियम पदार्थको आयात भएको थियो । यस्तै, फलाम तथा फलामजन्य सामग्री, भटमासको कच्चा तेल, मेसिनरी तथा पार्टपुर्जा र इलेक्ट्रिक उपकरणको आयात पनि बढेको छ।
नौ महिनामा ६२ अर्ब २६ करोड रुपैयाँ पर्ने फलाम तथा फलामबाट बनेका सामान आयात भएको छ । यस्तै ५० अर्ब ४० करोड रुपैयाँको भटमासको कच्चा तेल, ४९ अर्ब १३ करोड रुपैयाँ पर्ने मेसिनरी तथा पार्टपुर्जा र ३४ अर्ब १९ करोड रुपैयाँ पर्ने इलेक्ट्रिक मेसिनरी उपकरण र तिनका पार्टपुर्जा आयात भएको छ ।
अर्कोतर्फ, आयातसँगै राजस्व संकलन पनि सन्तोषजनक देखिएको छ। चालु आवको नौ महिनामा भन्सार कार्यालयले रु. १ खर्ब ७७ अर्ब ६६ करोड राजस्व उठाएको छ ।


































