National life

वीरगन्ज नाकाबाट ४ सय ९७ विद्युतीय गाडी आयात, ९६ करोड बढी राजस्व सङ्कलन

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|२२ चैत २०८२, आइतबार
1.3kShares
वीरगन्ज नाकाबाट ४ सय ९७ विद्युतीय गाडी आयात, ९६ करोड बढी राजस्व सङ्कलन
ncell

काठमाडौँ। चालु आर्थिक वर्षको सात महिनामा वीरगन्ज नाकाबाट विद्युतीय र इन्धनबाट चल्ने सवारीसाधन आयातमा उल्लेख्य वृद्धि देखिएको छ। यस अवधिमा ४९७ वटा विद्युतीय जिप, कार र भ्यान आयात भएका छन्। जसको कुल मूल्य रु १ अर्ब ४८ करोड ६४ लाख छ। यी सवारीसाधनबाट कार्यालयले रु ९६ करोड ३६ लाख राजस्व सङ्कलन गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

गत आर्थिक वर्षको सोही सात महिनामा भने १६५ वटा विद्युतीय जिप, कार र भ्यान आयात भएको थियो, जसको मूल्य रु ४३ करोड १ लाख र राजस्व रु ३५ करोड ५० लाख मात्र थियो।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार गत आवको सात महिनाको तुलनामा विद्युतीय सवारीसाधनको आयात ह्वात्तै बढेको छ । चालु आवको सात महिनामा रु ८० करोड ५७ लाखका मूल्यका हजार एक सय २८ वटा विद्युतीय मोटरसाइकल आयात भएको छ । गत आवको सोही अवधिमा भने रु ४४ करोड तीन लाख मूल्यका तीन हजार ३७४ वटा विद्युतीय मोटरसाइकल आयात भएको थियो ।

चालु आवको सात महिनामा रु एक अर्ब १६ करोड १३ लाखका छ सय नौ वटा इन्धनबाट चल्ने जिप, कार र भ्यान आयात भएको छ । ती सवारीसाधनको आयातबाट कार्यालयले रु दुई अर्ब ८६ करोड राजस्व सङ्कलन गरेको छ । गत आवको सात महिनामा भने रु एक अर्ब ५० करोड मूल्यका सात सय ४८ वटा इन्धनबाट चल्ने जिप, कार र भ्यान आयात भएको थियो । सो आवमा इन्धनबाट चल्ने सवारीसाधन आयातबाट रु तीन अर्ब ७३ करोड राजस्व सङ्कलन भएको थियो ।

कुल तथ्यांक हेर्दा चालु आर्थिक वर्षको सात महिनामा वीरगन्ज नाकाबाट रु २३ अर्ब ५७ करोड मूल्यका सवारीसाधन र पार्टपुर्जा आयात भएका छन्। गत वर्षको सोही अवधिमा भने रु १७ अर्ब १५ करोड मूल्यका सवारीसाधन आयात हुँदा रु १३ अर्ब २६ करोड राजस्व सङ्कलन भएको थियो।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?