National life

वैदेशिक व्यापारमा सुधार: चार महिनामा ५ खर्ब बढीको वस्तु तथा सेवा आयात

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ मंसिर २०८१, मङ्गलबार
1.4kShares
वैदेशिक व्यापारमा सुधार: चार महिनामा ५ खर्ब बढीको वस्तु तथा सेवा आयात
ncell

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा समग्र वैदेशिक व्यापारमा सुधार आएको छ। उक्त अवधिमा ५ खर्ब १३ अर्ब रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ।

भन्सार विभागको एक तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म आयात शून्य दशमलव १७ प्रतिशतले बढेको छ । गएको आर्थिक वर्षको यही अवधिमा ५ खर्ब १२ अर्ब रुपैयाँको आयात भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस अवधिमा नेपालबाट ५२ अर्ब ६७ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ।

यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा ४ दशमलव १६ प्रतिशतले बढी हो । गएको आर्थिक वर्षको पहिलो चार महिनामा नेपालले ५० अर्ब ५६ करोड रुपैयाँको निर्यात गरेको थियो । चालु आर्थिक वर्षको पहिलो चार महिनामा समग्र वैदेशिक व्यापारमा सामान्य सुधार आएको छ।

विभागका अनुसार चालु आवको पहिलो चार महिनासम्मको अवधिमा नेपालको व्यापार घाटा शून्य दशमलव २६ प्रतिशतले घटेको छ भने नेपालको वैदेशिक व्यापार शून्य दशमलव ५३ प्रतिशतले बढेको छ । यस अवधिमा नेपालको वैदेशिक व्यापार ५ खर्ब ६६ अर्ब रुपैयाँ कायम छ ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?