National life

वैधानिकता पाउँदै गाँजा खेती, छलफल अगाडि बढाउन शुक्रवार बोलाइयो ४ मन्त्री

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ जेठ २०८१, बिहिबार
721Shares
वैधानिकता पाउँदै गाँजा खेती, छलफल अगाडि बढाउन शुक्रवार बोलाइयो ४ मन्त्री
ncell

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले गाँजा खेतीबारे छलफल अगाडि बढाउने भएको छ ।

उक्त विषयमा छलफलका लागि शुक्रवार सिंहदरबारस्थित समितिको सभाकक्षमा  ४ मन्त्रीलाई बोलाएको छ । छलफलका लागि उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, अर्थमन्त्री वर्षमान पुन, कृषि तथा पशुपक्षी विकास मन्त्री ज्वालाकुमारी साह र शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठलाई बोलाइएको छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा औषधीय प्रयोगका लागि गाँजाको व्यावसायिक उत्पादन गर्न कानुनी व्यवस्था मिलाइने घोषणा गरेकाले छलफल हुन लागेको हो । 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कानुन, न्याय तथा संसदीय मामिला, उद्योग, वाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव एवं विज्ञ सरोकारवालालाई राखेर समितिले गाँजा खेतीबारे छलफल गर्न लागेको हो।

यो समाचार शेयर गर्नुहोस्
721SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?