काठमाडौँ । सहकारी प्रकरणमा काठाडौंको चन्द्रागिरि नगरपालिका–१२ का वडाध्यक्ष न्हुच्छेबहादुर महर्जन पक्राउ परेका छन्।
ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा अध्यक्ष महर्जनलाई प्रहरीले पक्राउ गरेको हो।
उनी उक्त सहकारीका कोषाध्यक्ष हुन्। प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले वडाध्यक्ष महर्जनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।


































