National life

 नीति ल्याएर, कानुन संशोधन गरेर भएपनि जनताको पैसा फिर्ता हुन्छ: गृहमन्त्री लामिछाने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ वैशाख २०८१, मङ्गलबार
760Shares
 नीति ल्याएर, कानुन संशोधन गरेर भएपनि जनताको पैसा फिर्ता हुन्छ: गृहमन्त्री लामिछाने
ncell

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारीमा बचतका रूपमा राखेको जनताको पैसा जसरी पनि फिर्ता गरिने बताएका छन् ।

आज इलामको चुलाचुलीमा आयोजित चुनावी सभामा बोल्दै मन्त्री लामिछानेले नीति ल्याएर, कानुन बनाएर वा संशोधन गरेर भए पनि जनताको पैसा फिर्ता हुने वातावरण बनाउने बताए । ‘सरकारले गृहकार्य गरिरहेको छ, प्रधानमन्त्रीसँग नियमित छलफलमा छु, अध्यादेशबाट कानुन ल्याएर भए पनि जनताको बचत फिर्ता गरिन्छ’ लामिछानेले भने

सञ्चालकको जायजेथा बिक्री गर्न कानुन अभाव भनिएको छ, यदि हो भने कानुन बनाएर भए पनि तिनको सम्पत्तिबाट बचत फिर्ता गर्ने क्रमको सुरुआत गरिने गृहमन्त्री लामिछानेको भनाई रहेको छ । फरक प्रसङ्गमा बोल्दै गृहमन्त्री लामिछानेले रास्वपालाई रोक्न नसकिए आफ्नो दिन सकिने ठानेर नै पुराना दलहरूले आफूहरूलाई घेराबन्दी गर्न थालेको तर त्यसलाई तोडेर छोड्ने दृढता व्यक्त गरेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
760SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?