National life

साताभरमा सुनचाँदीको मूल्यमा १६ सयले गिरावट, कुन दिन कतिमा भयो कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ साउन २०८१, शुक्रबार
722Shares
साताभरमा सुनचाँदीको मूल्यमा १६ सयले गिरावट, कुन दिन कतिमा भयो कारोबार ?
ncell

काठमाडौँ । यस साता सुनको कारोबारमा गिरावट आएको छ । साताको अन्तिम कारोबारका दिन आज प्रतितोला १५ सयको दरले बढेको सुनको मूल्य १ लाख ४८ हजार १०० रुपैयाँ कायम भएको छ। समग्रमा साताभरमा सुनको मूल्यमा १६ सय रुपैयाँले गिरावट आएको हो ।

साताको पहिलो कारोबारको दिन आइतबार सामान्य गिरावट आएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो साता आइतबार, मङ्गलवार र बुधवारका दिन गरेर साताभरमा तीन दिनसम्म सुनको मूल्यमा क्रमशः गिरावट आएको हो ।

त्यस्तै सोमबार, बिहीबार र शुक्रवारका दिन भने सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो कारोबारका दिन आइतबार एक लाख ४९ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार सात २५ सय रुपैयाँमा कारोबार भएको थियो भने सोमबार तोलामा ३०० रुपैयाँले बढ्दै एक लाख ५० हजार रुपैयाँ  कायम भएको थियो। यो मूल्य आजसम्मकै उच्च हो।

त्यस्तै मङ्गलवार दुई हजार तीन सय रुपैयाँ घट्दै एक लाख ४७ हजार सात सय रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा  बुधवार प्रतितोला एक हजार चार सय रुपैयाँले घट्दै प्रतितोला एक लाख ४६ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । बुधवार घटेको सुनको मूल्य बिहीबार प्रतितोला तीन सय रुपैयाँले बढ्दै एक लाख ४६ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज यस साताको अन्तिम दिन अर्थात् शुक्रवार नेपाली बजारमा सुनको मूल्य एक हजार पाँच सय रुपैयाँले बढेर एक लाख ४८ हजार एक सय रुपैयाँमा कारोबार भएको  छ । नेपाली बजारमा सुनचाँदीको मूल्यमा दैनिक रूपमा उतारचढाव आएको हो ।

सुनचाँदी व्यवसायीले सरकारसँग सुनमा बढाएको भन्सार महशूल घटाउन पटक पटक माग गर्दै आएका छन् । उनीहरूले गत सोमबार उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलसँग भेटवार्ता गरेर सुनचाँदीको भन्सार दर घटाउन आग्रह गरेका थिए । उक्त विषयमा अर्थमन्त्री पौडेलले सरकार सकारात्मक रहेको बताएका थिए ।

 

यो समाचार शेयर गर्नुहोस्
722SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?