National life

सानिमा जीआइसी इन्सुरेन्सको नाफामा ५०.६० ले बृद्धि, अन्य सूचक कस्तो छ ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० कात्तिक २०८१, शुक्रबार
1.4kShares
सानिमा जीआइसी इन्सुरेन्सको नाफामा ५०.६० ले बृद्धि, अन्य सूचक कस्तो छ ?
ncell

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सानिमा जीआइसी इन्सुरेन्सलेले ५ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको यसै अवधिको तुलनामा ५०.६० प्रतिशतले धेरै हो।

कम्पनीले गत वर्ष ३ करोड ३७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
साथै, कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी भने ११.७३ प्रतिशतले घटेको छ ।  हाल यस इन्सुरेन्सको चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहेको छ । यसको रिटेन्ड अर्निङमा २१ करोड ६४ लाख रुपैयाँ रहेको छ । सानिमा जीआइसीको बिमा कोषमा ४ अर्ब ३६ करोड रुपैयाँ रहेको छ।

असोजसम्म यसले १० करोड ८३ लाख रुपैयाँ बराबरको खुद बिमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको भन्दा ०.९२ प्रतिशतले धेरै हो । गत वर्ष यसले १० करोड ७३ लाख रुपैयाँ बराबरको बिमा शुल्क आर्जन गरेको थियो । यसको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ४१ पैसाले बढेर १० रुपैयाँ १७ पैसा कायम भएको छ  यसको प्रतिसेयर नेटवर्थ भने १५१.५७ रुपैयाँ रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?