काठमाडौँ । सिटी होटलले साधारण सभा प्रयोजनार्थ शेयर दाखिला मिति तय गरेको छ ।
कम्पनीले पुस २० गते हुँदै गरेको ८औं वार्षिक साधारण सभाको प्रयोजनको लागि मिति तोकेको हो । कम्पनीले साधारण सभा गर्ने प्रयोजनको लागि पुस ८ गते आइतबार एक दिनको लागि बुक क्लोज गर्ने भएको छ।
कम्पनीको साधारण सभामा भाग लिन इच्छुकहरूले पुस ५ गते बिहीबारसम्म शेयर धनी बनिसक्नु पर्ने हुन्छ ।
कम्पनीले सेयर धनीलाई लाभांश वितरणको प्रस्ताव नगरी सभा बोलाएको छ।































