National life

सिटी होटलको आइपीओ बाँडफाँड,तपाईलाई पर्यो कि परेन यसरी हेर्नुहोस्

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०५ जेठ २०८०, शुक्रबार
990Shares

काठमाडौं । काठमाडौं । सिटी होटल लिमिटेडको आईपीओ आज शुक्रबार बाँडफाँड सम्पन्न भएको छ । सोे आईपीओ काठमाण्डौको सोल्टीमोडस्थित सिटी होटेलमा बाँडफाँड गरिएको हो ।

उक्त आइपीओको नतिजा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेवसाईट   https://www.globalimecapital.com/ , सिटी होटलको वेवसाईट https://cityhotel.com.np/ , सिडिएसीको मेरो शेयरको  वेवसाईट मार्फत हेर्न सकिने छ ।

ncell
3 ad - 1
3 ad - 2
3 ad - 3

आइओमा ४ हजार ९९२ आवेदकको आवेदन रद्द भएको छ । १० लाख ८७ हजार ६७५ योग्य आवेदक कायम भएका थिए । यीमध्ये १ लाख ३५ हजार ५९४ आवेदकले शेयर हात पारेका छन् ।

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशत अर्थात १६ करोड ७४ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १६ लाख ७४ हजार कित्ता शेयर सार्वजनिक निष्काशनका लागि छुट्याएको थियो ।

आइपीओ निष्काशनका लागि गराएको रेटिङ्ग अनुसार केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
990SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?