National life

सिद्धार्थ बैंकले मार्‍यो छलाङ, सबै सूचकमा देखियो यस्तो प्रगति

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ कात्तिक २०८१, बुधबार
721Shares
सिद्धार्थ बैंकले मार्‍यो छलाङ, सबै सूचकमा देखियो यस्तो प्रगति
ncell

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार यस अवधिमा बैंकले ३८ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

गत वर्षको यस अवधिको तुलनामा यो खुद नाफा ७९१.४३ प्रतिशतले धेरै हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत वर्ष यसले ४ करोड २८ लाख रुपैयाँ नाफा कमाएको थियो । खुद ब्याज आम्दानी ६.०१ प्रतिशतले बढेर २ अर्ब ८ करोड ८२ लाख रुपैयाँ पुगेको छ।

बैंकको गत वर्षको आम्दानी १ अर्ब ९६ करोड ९८ लाख थियो । यता, यस बैंकको इम्पेयरमेन्ट चार्ज १ अर्ब ४३ करोडबाट घटेर १ अर्ब ५० लाख कायम भएको छ। उक्त चार्ज घट्दा नाफामा सुधार आएको हो।  यता, बैंकको सञ्चालन नाफा पनि ५७६.३३ प्रतिशतले बढेको छ।

बैंकको वितरणयोग्य नाफा २६ करोड ४३ लाख रहेको छ। चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख रुपैयाँ रहेको छ सिद्धार्थको जगेडा कोषमा १४ अर्ब ६ करोड रुपैयाँ जम्मा रहेको छ। यसको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ४५ पैसाले बढेर १० रुपैयाँ ६४ पैसा पुगेको छ । यसको प्रतिसेयर नेटवर्थ २०१ रुपैयाँ ७२ पैसा कायम रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
721SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?