National life

सोल्टीलाई अन्तर्राष्ट्रिय स्तरका होटलको व्यवस्थापन गर्न जान सरकारको स्वीकृति

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ असोज २०८१, बिहिबार
677Shares
सोल्टीलाई अन्तर्राष्ट्रिय स्तरका होटलको व्यवस्थापन गर्न जान सरकारको स्वीकृति
ncell

काठमाडौं । औधोगिक प्रवद्र्धन बोर्डले नेपाली होटल व्यवस्थापन समूह ‘सोल्टी होटल काठमाडौं’ सोल्टीलाई नेपालबाट अन्तर्राष्ट्रिय स्तरका होटलको व्यवस्थापन गर्न जाने पाउने गरी स्वीकृति दिएको छ ।

यो स्वीकृतिसँगै अब नेपाली चेन होटल अन्तर्राष्ट्रिय स्तरमा होटल व्यवस्थापन गर्न पाउने भएको छ । यसअघिसम्म नेपालमा लामो समय विदेशी व्यवस्थापनमा चलेको सोल्टी अव आफैँ होटल चेन बनाएर विदेसमा समेत सेवा विस्तार गर्न खोजिरहेको छ । सोल्टी होटलका उपाध्यक्ष सूदर्शन चापागाँईंका अनुसार उद्योग विभागले विदेशी होटलको व्यवस्थापन गर्ने गरी सोल्टीलाई स्वीकृति दिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उद्योग विभागको अनुमतिसँगै अब सोल्टी नेपालबाहिर जाने पहिलो स्वदेशी चेन होटल हुने गरी काम गर्ने तयारीमा रहेको उनले बताए । सोल्टीले भारतसहित युरोपेली देशहरुमा होटल तय गर्दै गरेकोले छिट्टै त्यसको नामसमेत सार्वजनिक गर्ने चापागाँईंको भनाई छ ।

नेपालमै पाँचतारेसहित एक दर्जनको व्यवस्थापन सम्हाल्दै गरेको यो होटललले मध्यम तथा उच्च वर्षका ग्राहकलाई सेवा दिने गरी काठमाडौं र काठमाडौं बाहिरका १२ वटा होटलको व्यवस्थापन गरिरहेको बताईएको छ । सोल्टिमोड–ताहाचलको सोल्टी होटलले सोल्टी होटल काठमाडौंको ब्राण्डमा हाल विभिन्न होटलको व्यवस्थापन सम्हालिरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
677SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?