National life

स्वास्थ्य मन्त्री पौडेल सय दिने उपलब्धिः स्वास्थ्य बीमा ५ लाख पुर्‍याउने घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ कात्तिक २०८१, मङ्गलबार
770Shares
स्वास्थ्य मन्त्री पौडेल सय दिने उपलब्धिः स्वास्थ्य बीमा ५ लाख पुर्‍याउने घोषणा
ncell

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारमा आफ्नो १०० दिने उपलब्धिहरू सार्वजनिक गरेका छन् ।

मन्त्री पौडेलले प्रमुख उपलब्धिमा स्वास्थ्य बीमा ५ लाख रुपैयाँ पुर्‍याउने विषयलाई प्राथमिकतामा राखेका छन् । साथै, स्वास्थ्य सेवा सुधार, अस्पताल व्यवस्थापन, र प्राविधिक सुधारका थुप्रै कदमहरू अघि बढाएको मन्त्रीको सचिवालयले जानकारी दिएको छ।

मन्त्री पौडेलले बीमाको सुधारलाई प्राथमिकतामा राख्दै १४ बुँदे सुधार योजना ल्याएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस योजनाले देशभर स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्य राखेको छ।

१०० दिनका प्रमुख उपलब्धिहरू

–स्वास्थ्य बिमा ५ लाख पुर्‍याउने घोषणा, १४ बुँदे सुधारका योजना तथा प्राथमिकता घोषणा

–अस्पतालमा भीड व्यवस्थापन र १७ संघीय अस्पतालमा अनलाइन प्रणाली सुरुवात

–संघीय अस्पतालमा दुई सिफ्टमा ओपीडी सेवा सुरु

– क्यान्सर उपचार सेवा थप पाँच प्रदेशमा विस्तार गरेर सातै प्रदेशमा सुरु

–पहिलो पटक तीन तहको समन्वय समिति बैठक

–राष्ट्रिय आविष्कार केन्द्र र मन्त्रालयबिच संघीय अस्पतालमा बिग्रेर थन्किएका उपकरण मर्मत गर्न सम्झौता

– जनस्वास्थ्य प्रयोगशालामा अन्य सरकारी क्यान्सर अस्पतालमा सम्भव नभएका नमुना विदेश पठाउन नपर्ने गरी प्रयोगशाला सुविधा

– सार्वजनिक बिदाका दिन अस्पतालमा ओपीडी सेवा सुरु

– समायोजनमा समस्या देखिएका स्वास्थ्य जनशक्तिको समस्या समाधानका लागि कार्यविधि स्वीकृत, १६ सय बढी लाभान्वित

– सहिद गंगालाल अस्पतालमा राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण सुरु

– स्वास्थ्यकर्मीको सुरक्षा सम्बोधन गर्ने गरी विधेयक अघि बढाउन प्रक्रिया सुरु

– न्याम्ससँग आबद्धता लिएका अस्पतालमा ४ सय शिक्षक चिकित्सकको दरबन्दी स्वीकृत, थप ४ सय जना पीजी तहमा पठनपाठन गर्न मिल्ने बाटो खुला

– पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत ५०।५० एमबीबीएस पठनपाठनका लागि निर्णय

– शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमार्फत सातै प्रदेशमा मुटुको विस्तारित सेवा लैजाने निर्णय

– जन्मजात अपांगता हुन नदिन परोपकार अस्पतालमा बालबालिकाको निःशुल्क परीक्षण र वंशाणुगतजन्य रोगको निःशुल्क उपचार सुरु

– भारत भ्रमणका क्रममा वीर अस्पताल तथा जीपी कोइराला अस्पताललाई ३ सय शय्याको बनाउन त्यहाँका स्वास्थ्यमन्त्रीसँग आग्रह, सहयोगको प्रतिबद्धता प्राप्त

– संघीय राजधानीबाहिर पहिलो पटक नवलपरासी बर्दघाट सुस्तापूर्वमा ट्रमा सेन्टर शिलान्यास

– विपद् प्रभावितलाई निःशुल्क स्वास्थ्य उपचार, प्रभावित क्षेत्रमा सङ्क्रमण फैलन नदिन सरोकारावाला मन्त्रालयसँग समन्वय, सचेतना र प्रचारप्रसार

– जर्मनीमा विश्व स्वास्थ्य सम्मेलनमा नेपाललाई निःशुल्क बालबालिकाको क्यान्सरविरुद्धकासहित ५ प्रकारका खोप उपलब्ध गराउन गाभीसँग माग, सहयोगको प्रतिबद्धता प्राप्त

– विश्व स्वास्थ्य संगठनलाई हेटौंडाको अनुसन्धान केन्द्रलाई दक्षिण पूर्वी क्षेत्रीय अनुसन्धान केन्द्रमा सघाउन महानिर्देशकसँग आग्रह, सकारात्मक प्रतिबद्धता प्राप्त

– महिला स्वास्थ्य स्वयंसेविकालाई कामको प्रयोजनका लागि निःशुल्क यातायात व्यवस्था गर्न यातायात व्यवसायी राष्ट्रिय महासंघसँग सम्झौता ।

यो समाचार शेयर गर्नुहोस्
770SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?