काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रको व्यवस्थापनलाई प्रभावकारी बनाउनका लागि ठोस निर्णयको आवश्यक रहेको स्पष्ट पारेका छन् ।
आज बिहीबार मन्त्रालयमा भएको संघ, प्रदेश र स्थानीय तह ९समन्वय तथा अन्तरसम्बन्ध० ऐन, २०७७ को दफा २२ ९१० मा व्यवस्था भए बमोजिम विषयगत समितिको पहिलो बैठकमा मन्त्री पौडेलले सीमित स्रोत साधनलाई अधिकतम प्रयोग गरेर नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने विषयमा ठोस निर्णयको आवश्यकता रहेको बताएका हुन् ।
समय अनुसार आवश्यकता परिवर्तन भएको भन्दै कानुनलाई पनि समयसापेक्षसित बनाउन जरुरी रहेको उनको भनाई छ। स्वास्थ्य मन्त्री पौडेलले तीन तहको सरकारले सेवा दिने एउटै नागरिक रहेको भन्दै सबै मिलेर सहकार्यमा नागरिकलाई सेवा उपलब्ध गराउनुपर्ने बताएका छन् ।
उनी भन्छन् ‘राज्यको आर्थिक अवस्था राम्रो छैन । यस्तो अवस्थामा हामीले तत्काल जनशक्ति विकास गर्ने अवस्था छैन। पूर्वाधार विकास गर्ने अवस्था पनि छैन। आवश्यक उपकरण पनि पर्याप्त छैन,’ यस्तो अवस्थामा भएको स्रोत साधनलाई अधिकतम प्रयोग गरेर नागरिकलाई कसरी प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन सकिन्छ भन्ने र स्वास्थ्य क्षेत्रको व्यवस्थापन प्रभावकारी बनाउने सन्दर्भमा ठोस निर्णय गर्न आवश्यक रहेको उनको भनाई छ ।
उनले आफ्नो भनाइमा थप स्पष्ट पार्दै भने ‘देशको तीन तहको सरकार हो। तीन वटा देशको होइन, सेवा गर्न खोजेको एउटै नागरिकलाई हो। त्यसैले सेवा उपलब्ध गराउन खोजेका नागरिकहरूलाई मिलेर सहकार्य गरेर सेवा दिन सक्नुपर्छ,’ उनले भने, ‘उपलब्ध साधन स्रोतलाई धेरैभन्दा धेरै लाभ लिने गरी छलफल गरेर निष्कर्ष निकाल्न जरुरी छ।’


































