National life

हिजो घटेको सुनको मूल्य आज बढ्यो, प्रतितोला कतिमा हुदैछ किनबेच

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ वैशाख २०८१, सोमबार
678Shares
हिजो घटेको सुनको मूल्य आज बढ्यो, प्रतितोला कतिमा हुदैछ किनबेच
ncell

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । अघिल्लो दिन प्रतितोला २२ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने प्रतितोला ७ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३७ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि ७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३६ हजार ८५० रुपैयाँ कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ। चाँदीको मूल्य प्रतितोला १ हजार ७१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्य वृद्धि भएको छ। पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्य प्रतिऔंस १४.७४ डलरले बढेको हो।  नेपाली बजारमा यस अगाडि पटक पटक सुनको मूल्यले नयाँ कीर्तिमानी कायम गर्दै आएको छ।

यो समाचार शेयर गर्नुहोस्
678SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?