National life

हिमालयन लघुवित्तको नाफा ८५.०९ प्रतिशतले घट्याे, प्रतिशेयर आम्दानी कति ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१९ कात्तिक २०८०, आइतबार
605Shares
हिमालयन लघुवित्तको नाफा ८५.०९ प्रतिशतले घट्याे, प्रतिशेयर आम्दानी कति ?
ncell

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा गिरावट आएको हो ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले १० लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा ८५.०९ प्रतिशतले कम हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ७२ लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २.१३ प्रतिशत घटेको छ भने खुद फि तथा कमिसन आम्दानी १०.३९ प्रतिशतले घटेको छ। त्यसैगरी, लघुवित्तको अन्य सञ्चालन आम्दानी १.४७ प्रतिशतले घटेको छ।

३१ करोड ९८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १४ करोड ७ लाख रुपैयाँ सञ्चित रहेको छ। लघुवित्तको जगेडा कोष समीक्षा अवधिमा ०.७८ प्रतिशत बढेको हो। असोज मसान्तसम्ममा लघुवित्तले ४ अर्ब ११ करोड ३३ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट ४ अर्ब ५८ करोड ४४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

लघुवित्तको निष्क्रिय कर्जा समीक्षा अवधिमा १ दशमलव ४७ प्रतिशतबाट बढेर २.९२ प्रतिशत पुगेको छ। नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। यस अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी १० रुपैयाँ ११ पैसाबाट घटेर १ रुपैयाँ ३६ पैसामा सीमित भएको छ। सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ४१५.७३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३९ रुपैयाँ ७४ पैसा रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
605SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?