National life

२४ अर्ब ७० करोडको ट्रेजरी बिल नवीकरण गर्दै केन्द्रीय बैंक, बोलकबोल कहिले ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ वैशाख २०८१, आइतबार
598Shares
२४ अर्ब ७० करोडको ट्रेजरी बिल नवीकरण गर्दै केन्द्रीय बैंक, बोलकबोल कहिले ?
ncell

काठमाडौँ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २४ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । बैंकले २८ दिन, ९१ दिन, १८२ दिन र १ वर्षको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो।

आगामी मङ्गलवार (वैशाख ४ गते) जारी हुने यस ट्रेजरी बिलका लागि सोमबार भोली वैशाख ३ गते दिउँसो ३ बजे ट्रेजरी बोलकबोल बैंकले एक सूचना मार्फत जानकारी दिएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २८ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो ट्रेजरी जेठ १ गते परिपक्व हुनेछ। ९१ दिनको लागि ७ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो। यो ट्रेजरी साउन १ गते परिपक्व हुनेछ । त्यस्तै, १८२ दिनका लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । यो ट्रेजरी असोज २९ गते परिपक्व हुनेछ।

साथै, १ वर्षको लागि ७ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । यो ट्रेजरी २०८२ वैशाख २ गते परिपक्व हुनेछ ।ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।

सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ । भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ।

सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।

यो समाचार शेयर गर्नुहोस्
598SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?