National life

४ लाख कित्ता अवितरित हकप्रद सेयर बोलकबोल मार्फत बिक्री गर्दै नेपाल लाइफ क्यापिटल

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ साउन २०८१, सोमबार
1.2kShares
४ लाख कित्ता अवितरित हकप्रद सेयर बोलकबोल मार्फत बिक्री गर्दै नेपाल लाइफ क्यापिटल
ncell

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । क्यापिटलले ४ लाख ३८९ कित्ता बिक्री गर्ने भएको छ ।

कम्पनीले गत असार २५ गतेसम्म चुक्ता पूँजी २९ करोड ९९ लाख तीन हजार ६०० रुपैयाँको १ः०.५ अनुपात अर्थात् ५० प्रतिशत हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उक्त हकप्रदमा आवेदन नपरेको ४ लाख ३८९ कित्ता सेयर लिलामी गर्न लागेको हो।

बोलपत्र  साउन ८ गते देखि साउन २२ गते कार्यालय समयभित्र पेश गरिसक्नु पर्नेछ। उक्त सेयरको मूल्य प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ तोकिएको छ । बोलकबोल भर्दा  न्यूनतम १०० कित्ता र बढीमा सम्पूर्ण कित्ता खरीदका लागि आवेदन दिन सकिनेछ ।यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् ।

इच्छुक संस्थापकले यस कम्पनीको ग्लोबल आइएमई बैंकको कमलादी शाखामा रहेको बैंक खाता वा आइसिएफसि फाइनान्सको नक्साल शाखामा रकम बुझाई कम्पनीको कारोबार कार्यालयमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने सूचनामा भनिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?