National life

ग्लोबल मनि विकको अवसरमा नेपाल लाइफ क्यापिटलले सम्पन्न गर्यो लगानी सम्बन्धि जनचेतना

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ चैत २०८०, शुक्रबार
747Shares
ग्लोबल मनि विकको अवसरमा नेपाल लाइफ क्यापिटलले सम्पन्न गर्यो लगानी सम्बन्धि जनचेतना
ncell

काठमाडौं । नेपाल लाइफ क्यापिटलले नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा १८ मार्च देखि २४ मार्च सम्म विश्वभर चल्ने ग्लोबल मनि विकको अवसरमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । धितोपत्र बजार, लगानी र जोखिम न्यूनीकरण विषयमा कम्पनीले विभिन्न पाँच स्थानमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

ʿउज्वल भविष्यका लागि लगानी’ विषयमा सर्वसाधारण माझ वित्तीय साक्षरता प्रदान गर्ने मुख्य उद्देश्यका साथ चैत्र पाँच गते नेपालगंज, चैत्र छ गते कोहलपुर, चैत्र सात गते धनगढी, चैत्र आठ गते महेन्द्रनगर बजार र कन्चन क्याम्पस गरी उपत्यका बाहिरका पाँँच स्थानमा कार्यक्रम संचालन गरिएको थियो ।

शेयर बजार, जोखिम र यसको प्रतिफलको प्रभावबारे सर्वसाधारणलाई साक्षर गराउनु कार्यक्रमको मुख्य लक्ष्य रहेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
विभिन्न स्थानमा गरिएको कार्यक्रममा सहभागीलाई लगानीका विधी, सानै उमेरबाट लगानी गर्दा भविष्यमा हुने लाभ र लगानीका जोखिमका विषयमा जानकारी प्रदान तथा अन्तरक्रिया कार्यक्रम गरिएकोे थियो । कार्यक्रममा पाँच सय जना सहभागीहरु लाभान्वित भएका थिए ।

नेपाल लाइफ क्यापिटल, व्यक्ति वा कम्पनीहरुको लगानी योग्य बचतलाई नेपालको पुँजीबजार मार्फत परिचालन गरि उक्त लगानीमा समय सापेक्ष मूल्य सिर्जना गराउने मुख्य उदेश्यका साथ नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैकिंङको कार्य अनुमति प्राप्त पब्लिक लिमिटेड कम्पनी हो । कम्पनीले पुँजी बजारका असिमित संभावनाहरु तथा यसको बहु–आयामिक पक्षहरुको अध्ययन गरि नेपाली लगानीकर्ताहरुलाई सुरक्षित तथा लाभदायक लगानीका अबसरहरु प्रदान गर्न लगानी व्यवस्थापन सेवा, तथा डिम्याट खाता संचालन सेवा प्रदान गर्दै आइरहेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
747SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?