National life

५ अर्ब बुझाएपछि एनसेलको लाइसेन्स नवीकरण, तीन किस्तामा बाकी रकम बुझाउने शर्त

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ भदौ २०८१, सोमबार
688Shares
५ अर्ब बुझाएपछि एनसेलको लाइसेन्स नवीकरण, तीन किस्तामा बाकी रकम बुझाउने शर्त
ncell

काठमाडौँ । निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलको दूरसञ्चार सेवा सञ्चालनको इजाजत पत्र (लाइसेन्स) नवीकरण भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले आइतबार एनसेलले ५ अर्ब बुझाएर लाइसेन्स आगामी ५ वर्षका लागि नवीकरण गरेको जनाएको छ ।

गत भदौ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले एनसेलको लाइसेन्स नवीकरण गर्ने निर्णय गरेको थियो । यसअघि १४ जेठमा ४ अर्ब रुपैयाँ बुझाएको एनसेलले थप १ अर्ब रुपैयाँ भुक्तानी गरेसँगै  लाइसेन्स नवीकरण गरिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्राधिकरणका अनुसार आइतबार एनसेलले ५ अर्ब बुझाएको र ५ वर्षको लागि अब एनसेलको लाइसेन्स नवीकरण भएको छ । बाँकी रकम एनसेलले प्रत्येक वर्ष ५–५ अर्बका दरले बुझाउने शर्त रहेको छ ।

एनसलेले ४ किस्तामा २० अर्ब रुपैयाँ तिर्नुपर्ने छ । यसका लागि पहिलो किस्ताबापत ५ अर्ब रुपैयाँ तिरेको छ भने अब यसले ३ किस्तामा १५ अर्ब रुपैयाँ तिर्नुपर्ने प्राधिकरणले जनाएको छ ।

एनसेलको २० वर्षको लागि पाएको इजाजत पत्रको नवीकरण बिहीबार नै सकिएको थियो । एनसेललाइ सरकारले २५ वर्षको लागि दूरसञ्चार सेवा सञ्चालको इजाजत पत्र दिएको छ । २५ वर्षे अवधि सकिएपछि एनसेल सरकारको नाममा आउने सर्तमा अन्तिम ५ वर्षको लागि इजाजत पत्रको नवीकरण गरिदिएको हो ।

यो समाचार शेयर गर्नुहोस्
688SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?