काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यालयहरूलाई कक्षा ११ को विद्यार्थीसँग लिइने शुल्कको विवरण माग गरेको छ । महानगरपालिकाले काठमाडौं उपत्यकाभित्र संचालनमा रहेका सबै सँस्थागत विद्यालयलाई कक्षा ११ को विद्यार्थीसँग लिइने शुल्कको विवरण माग गरेको हो ।
महानगरपालिकाले आर्थिक वर्ष २०८० ८१ मा कक्षा ११ मा भर्ना गरिने विद्यालर्थीहरुसँग के के शिर्षकमा के कति शुल्क लिने ? यसबारे काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा २७ (९) बमोजिमको विद्यालय व्यवस्थापन समितिको निर्णय सहित शुल्क प्रस्ताव २०८० असार मसान्तभित्र काठमाडौं महानगरको शिक्षा विभागमा उपलब्ध गराउन अनुरोध गरेको छ ।
२०६०1०३1०५ श्री सवै संस्थागत विद्यालयहरु (कक्षा १/१२ सज्चालित) काठमाडी महानगरपालिका, काठमाडौ विषय शुल्क प्रस्ताव पेश गर्नें वारे। प्रस्तुत विषयमा काठमाडी महानगरपालिका अन्तर्गत सज्चालित सवै संस्थागत विद्यालयहरुले शैक्षिक सत्र ㅇ59 मा कक्षा ११ मा भरना गरिने विद्यार्थीहरुसंग के शीर्षकमा कति शुल्क लिने काठमाडौ महानगरपालिका शिक्षा ऐन, २०७ को दफा २७ (९) वमोजिमको विद्ालय व्यवस्थापन समितिको निर्णय सहित शुल्क प्रस्ताव मिति २०६० आपाढ मसान्त मित्र यस विभागमा उपलब्ध गराईदिन हुन अनुरोध छ। सीताराम कोईराला शिक्षा अधिकारी'" />



































