National life

डीन कार्यालय र आन्दोलनरत विद्यार्थीहरूबिच ६ बुँदे सहमति,के-के भए सहमति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ चैत २०८०, बिहिबार
869Shares
डीन कार्यालय र आन्दोलनरत विद्यार्थीहरूबिच ६ बुँदे सहमति,के-के भए सहमति ?
ncell

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान डीन कार्यालय र आन्दोलनरत विद्यार्थीहरूबिच ६ बुँदे सहमति भएको हो । सहमतिसँगै विद्यार्थीहरूले डीन कार्यालयमा लगाएको ताला खुलेको छ ।

डीन प्राडा दिव्या सिंह शाह तथा महाराजगन्ज नर्सिङ क्याम्पसका स्ववियु सभापति नोबिना बस्नेतसहितको प्रतिनिधिहरूबिच ६ बुँदे सहमति भएको हो । सहमतिमा विद्यार्थीहरूले उठान गरेका मागहरू सम्बोधन गरिने भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त सहमतिमा त्रिवि प्राज्ञिक परिषद्बाट स्वीकृत बेचुलर इन मिडवाईफ्री साइन्स (बीएमएस) को पाठ्य संरचनासहितको पाठ्यक्रम प्रक्रियागत रूपमा क्याम्पस एवं विद्यार्थीहरूलाई उपलब्ध गराउने ,गत मङ्सिरमा सञ्चालित प्रथम सेमेस्टरको परीक्षा तालिकामा बीएमएस कार्यक्रम हुनुपर्नेमा अन्यथा भएकाले बीएमएस नै बनाउन महाराजगन्ज नर्सिङ क्याम्पसलाई डीन कार्यालयले निर्देशन दिने सहमति भएको छ।

त्यस्तै यसअघि २०८० चैत ९ गते शिक्षामन्त्रीको संयोजकत्वमा बसेको बैठकले गरेको निर्णयहरू स्ववियुलाई उपलब्ध गराउने समेत निर्णय भएको छ । सोही आधारमा स्ववियले डीन कार्यालयमा लगाएको ताला आजदेखि खोलेको हो ।

यो समाचार शेयर गर्नुहोस्
869SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?