National life

इजरायलमा रोजगारी अवसर विस्तार, नेपाली केयरगिभरको माग बढ्दो

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|१३ जेठ २०८३, बुधबार
1.7kShares
इजरायलमा रोजगारी अवसर विस्तार, नेपाली केयरगिभरको माग बढ्दो
ncell

काठमाडौँ । वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न २३०० जना सहायक श्रमिक (केयरगिभर) माग गर्दै आवेदन खुलाएको छ। इच्छुक तथा योग्यता पुगेका नेपालीहरूले असार ७ गतेसम्म आवेदन दिन सक्नेछन्। कुल कोटामध्ये ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष छनोट गरिने जनाइएको छ।

नेपाल र इजरायल बीचको श्रम सम्झौताअनुसार सरकारी प्रक्रियामार्फत कामदार पठाइने व्यवस्था गरिएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
विभागका अनुसार छनोट भएकामध्ये करिब एक हजार जनालाई तत्कालै पठाइनेछ भने अन्तिम छनोट लक्की ड्र प्रणालीबाट गरिनेछ।

छनोट भएका श्रमिकहरूले दीर्घकालीन स्याहार केन्द्रमा विभिन्न उमेर समूहका शारीरिक तथा मानसिक रूपमा अशक्त व्यक्तिहरूको हेरचाह गर्नुपर्नेछ। करार अवधि अधिकतम पाँच वर्षसम्म रहनेछ।

आवेदकका लागि निश्चित मापदण्ड तोकिएको छ। २५ देखि ४५ वर्ष उमेर समूह, न्यूनतम ४५ केजी तौल, कम्तीमा १० कक्षा उत्तीर्णसँगै एएनएम वा सीएमए सम्बन्धी १५ महिना अध्ययन पूरा गरेको वा १२ कक्षा उत्तीर्ण गरी मान्यता प्राप्त संस्थाबाट कम्तीमा तीन महिनाको केयरगिभिङ तालिम लिएको हुनुपर्नेछ। साथै, तोकिएको अंग्रेजी भाषा परीक्षा पास गरेको प्रमाणपत्र पनि आवश्यक हुनेछ।

इजरायलमा कार्यरत केयरगिभरको मासिक पारिश्रमिक ६४४३ इजरायली मुद्रा (झण्डै ३ लाख ४७ हजार रुपैयाँ) निर्धारण गरिएको छ। तर, खाना र बसोबास खर्च श्रमिक आफैंले व्यहोर्नुपर्नेछ भने सम्पूर्ण प्रक्रिया लागत पनि स्वयम् श्रमिकले नै बेहोर्नुपर्ने व्यवस्था छ।

इजरायलले सन् २०२२ अगस्टदेखि नेपालबाट केयरगिभर लैजान सुरु गरेको हो। पछिल्लो समय त्यहाँ श्रमिकको माग बढ्दै जाँदा नेपाली श्रमिक पठाउने प्रक्रिया पनि विस्तार हुँदै गएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?