National life

ईपीएस कोरिया शाखामा कोरिया जान नपाएकाहरुको नाराजुलुस

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१० असार २०८०, आइतबार
825Shares
ईपीएस कोरिया शाखामा कोरिया जान नपाएकाहरुको नाराजुलुस
ncell

काठमाडौँ । ईपीएस कोरिया शाखामा सयौँ युवाले धर्ना तथा नारा जुलुस गरिरहेका छन् । ललितपुरको ग्वार्कोस्थित ईपीएस कोरिया शाखामा सयौँ युवाले धर्ना तथा नारा जुलुस गरेका हुन् ।

रोजगारीका लागि दक्षिण कोरिया जान पाउनुपर्ने मागसहित उनीहरु धर्ना दिन पुगेका हुन् । नारा जुलुस गर्नेहरु ईपीएस कोरिया भाषा परीक्षा पास गरेर पनि कोरिया जान नपाएकाहरु छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनीहरु एक पटक कोरिया पुगेर फर्किएका र पुनः भाषा परीक्षा दिएर सूचीमा रहेकाहरु रहेका छन् ।

दक्षिण कोरियाका रोजगारदाताले एक पटक कोरिया पुगेर आएका भन्दा पनि नयाँ कामदार लैजाने गरेपछि यसअघि नै कोरियामा काम गरेर फर्किएकाहरु रोजगारदाताको रोजाइमा नपरेका हुन् ।

नेपाली श्रमिकको संख्या बढिरहेका बेला यसरी गएर फर्किएका र भाषा परीक्षा दिएर सूचीमा रहेका भने ५ प्रतिशत पनि जान पाएका छैनन् ।

यो समाचार शेयर गर्नुहोस्
825SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?