National life

नेपाल प्रहरीमा ठूलो संख्यामा भर्ना खुल्यो, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०३ कात्तिक २०८०, शुक्रबार
563Shares
नेपाल प्रहरीमा ठूलो संख्यामा भर्ना खुल्यो, कहिलेसम्म दिन सकिन्छ आवेदन ?
ncell

काठमाडौँ । नेपाल प्रहरीमा ठूलो संख्यामा भर्ना खुलेकाे छ । नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्स्पेक्टर) र सहायक प्रहरी निरीक्षक (असई)मा दरखास्त आह्वान गरेको हाे ।

शुक्रवार सार्वजनिक सूचना जारी गर्दै ९६ जना इन्स्पेक्टर र २६० जना असई मागेको हो ।

जारी सूचनामा जनपद प्रहरी समूहतर्फ इन्स्पेक्टर र असई पदहरूमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको उल्लेख छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रहरी निरीक्षक पदमा दरखास्त दिने उम्मेदवार स्नातक उत्तीर्ण हुनुपर्ने र प्रहरी सहायक निरीक्षक पदमा दरखास्त दिने उम्मेदवार प्रमाणपत्र वा सो सरह उत्तीर्ण हुनुपर्ने गरी शैक्षिक योग्यता तोकिएको छ ।

प्रहरी निरीक्षक पदका लागि २० वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्ने छ भने प्रहरी सहायक निरीक्षक पदका लागि १८ वर्ष पूरा भई २४ वर्ष ननाघेको हुनुपर्ने छ ।

आगामी मङ्सिर २९ गतेभित्र योग्यता पुगेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन्।

यो समाचार शेयर गर्नुहोस्
563SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?