काठमाडौं । राजधानिस्थित पुतलीसडकमा अवस्थित ख्यातिप्राप्त शैक्षिक परामर्शदाता राइटपाथ करिअर काउन्सिलिङ संस्थाले लामो समयदेखि विद्यार्थीहरुलाई सहजिकरण गर्दै आएको छ । सोही राइटपाथ करिअर काउन्सिलिङ कन्सल्टेन्सिले यही आगामी मे ११ देखि २१ सम्म (वैशाख २९ गतेदेखि जेठ ८ गतेससम्म) ग्राण्ड एजुकेशन कन्क्लेभ २०२४ आयोजना गर्ने भएको हो ।
विगतका वर्षहरुमा पनि सोही संस्थाले यस्ता कार्यक्रमहरुको नियमित आयोजना गर्दै आएको छ । अहिले सुरु हुन लागेको कन्क्लेभ काठमाडौंबाट सुरु भई देशका विभिन्न ठूला तथा मुख्य शहरहरुमा सम्पन्न हुनेछ ।
कन्क्लेभ लक्षित अफरहरु

राइटपाथ करिअर काउन्सिलिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) फिलिप्स डिसीले भने,‘यूनिभर्सिटीका रेप्रिजेन्टेटिभबाटै विद्यार्थीहरुले सत्य तथ्य जानकारी पाउँन सक्नु हुन्छ भन्ने नै हाम्रो कार्यक्रमको उदेश्य हो । विद्यार्थीहरुको रिसर्चमा पनि यस्ता कार्यक्रमले धेरै मद्धत पुर्याउँछ ।’ उनले विद्यार्थीहरुलाई परिक्षापछिको तीन महिना समय खेर फाल्न नपरोस् भन्ने उदेश्यका साथ यस्तो कार्यक्रम आयोजना गरिएको र भर्खरै प्लस टुको परिक्षा सक्किएकाले पनि धेरै विद्यार्थीहरुका लागि यो कार्यक्रम लाभदायी हुने बताएका छन् ।
त्यस्तै, वैशाख ३० गते सम्पन्न हुने भनिएको अफर आगामी जेठ ८ गतेसम्म कायम हुने उनले बताएका छन् ।


































