National life

रोजगारीका लागि रोमानिया र माल्टा लगायतका देशमा पठाउन खोज्ने कन्सल्टेन्सीमा विभागको छापा

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२६ जेठ २०८०, शुक्रबार
842Shares
रोजगारीका लागि रोमानिया र माल्टा लगायतका देशमा पठाउन खोज्ने कन्सल्टेन्सीमा विभागको छापा
ncell

काठमाडौँ । वैदेशिक रोजगार विभागको टोलीले वैदेशिक रोजगारीका लागि रोमानिया र माल्टा लगायतका देशमा कामदार पठाउन खोज्ने एक कन्सल्टेन्सीमा छापा मारेको छ । विभागले सामाजिक सञ्जालमा गरिएको विज्ञापनको आधारमा कन्सल्टेन्सीमा छापा मारेको हो ।

विभागको टोलीले कलंकीस्थित युनिम्याक्स एजुकेसन कन्सल्टेन्सी प्रालिमा बिहीबार छापा मारेको हो । सामाजिक सञ्जालमार्फत वैदेशिक रोजगारका लागि भन्दै विज्ञापन गरिएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सोही आधारमा छापा मारेर तीन थान ल्यापटप, २० थान स्क्यानिङ पासपोर्ट, तीन थान डिमान्ड लेटर लगायतका कागजात जफत गरिएको विभागले बताएको छ ।

उनीहरूको साथबाट सङ्कलन गरिएका २० थान पासपोर्ट समेत नियन्त्रणमा लिइएको हो । सामाजिक सञ्जालमा गैर कानुनी रूपमा विज्ञापन प्रकाशन गरी ठुलो रकम असुली ती देशमा नेपाली कामदार पठाउने गरेको भन्ने उजुरी समेत विभागमा परेको थियो । उक्त कन्सल्टेन्सीहरूले सामाजिक सञ्जालमा गैर कानुनी रूपमा सूचना दिने र त्यही आधारमा लाखौं रुपैयाँ लिने गरेको पाइएको विभागले जनाएको छ ।

पछिल्लो समय कन्सल्टेन्सीमार्फत वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगीका घटना बढ्दो क्रममा छन् ।

यो समाचार शेयर गर्नुहोस्
842SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?