काठमाडौँ । वैदेशिक रोजगार विभागले ठगी गरेको अभियोगमा एक मेनपावर व्यवसायीको लाइसेन्स खारेज गरेको छ । विभागले पौने चार करोड रूपैयाँ ठगी गरेको अभियोगमा एक मेनपावर व्यवसायीको लाइसेन्स खारेज गरेको हाे ।
वैदेशिक रोजगारीमा पठाईदिने भन्दै ४३ जनाबाट पौने ४ करोड ठगी गरेको भन्दै सिनामंगलमा रहेको ‘विस एचआर सोलुसन’ को लाइसेन्स खारेज गरिएको हो ।
मेनपावरले पोल्याण्ड, क्रोएसिया, जापान, कतार तथा अमेरिका पठाइदिने भन्दै ४३ जनाबाट ३ करोड ८२ लाख २८ हजार ४९८ रूपैयाँ ठगी गरेको थियो ।
लाइसेन्स खारेज गर्दै वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा समेत दायर गरेको छ । उक्त रकम विगो र सोको ५० प्रतिशतले हुन आउने हर्जाना समेत उक्त मेनपावरबाटै असुल उपर गराउन भन्दै विभागले न्यायाधिकरणमा अभियोगपत्र दायर गरेको हो ।
उक्त मेनपावरका सञ्चालक तुलसीप्रसाद श्रेष्ठ, लालबहादुर पुलामी, अमृत श्रेष्ठ तथा कर्मचारी रमेश कोइराला भनिने फडिन्द्र कोइरालाविरुद्ध मुद्दा दायर गरेको हो ।


































