National life

वैदेशिक रोजगार विभागद्वारा ठगी गरेको अभियोगमा एक मेनपावरको लाइसेन्स खारेज

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०४ असोज २०८०, बिहिबार
723Shares
वैदेशिक रोजगार विभागद्वारा ठगी गरेको अभियोगमा एक मेनपावरको लाइसेन्स खारेज
ncell

काठमाडौँ । वैदेशिक रोजगार विभागले ठगी गरेको अभियोगमा एक मेनपावर व्यवसायीको लाइसेन्स खारेज गरेको छ । विभागले पौने चार करोड रूपैयाँ ठगी गरेको अभियोगमा एक मेनपावर व्यवसायीको लाइसेन्स खारेज गरेको हाे ।

वैदेशिक रोजगारीमा पठाईदिने भन्दै ४३ जनाबाट पौने ४ करोड ठगी गरेको भन्दै सिनामंगलमा रहेको ‘विस एचआर सोलुसन’ को लाइसेन्स खारेज गरिएको हो ।

मेनपावरले पोल्याण्ड, क्रोएसिया, जापान, कतार तथा अमेरिका पठाइदिने भन्दै ४३ जनाबाट ३ करोड ८२ लाख २८ हजार ४९८ रूपैयाँ ठगी गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उक्त रकम लिई वैदेशिक रोजगारीमा नपठाएको र रकम समेत फिर्ता नगरेको पाइएपछि विभागले लाइसेन्स खारेज गरेको हो ।

लाइसेन्स खारेज गर्दै वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा समेत दायर गरेको छ । उक्त रकम विगो र सोको ५० प्रतिशतले हुन आउने हर्जाना समेत उक्त मेनपावरबाटै असुल उपर गराउन भन्दै विभागले न्यायाधिकरणमा अभियोगपत्र दायर गरेको हो ।

उक्त मेनपावरका सञ्चालक तुलसीप्रसाद श्रेष्ठ, लालबहादुर पुलामी, अमृत श्रेष्ठ तथा कर्मचारी रमेश कोइराला भनिने फडिन्द्र कोइरालाविरुद्ध मुद्दा दायर गरेको हो ।

यो समाचार शेयर गर्नुहोस्
723SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?