National life

आठ महिनामा ५ लाख युवा विदेशीए, युएई जानेको सङ्ख्या सबैभन्दा बढी, कुन देशमा कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ चैत २०८१, आइतबार
1.2kShares
आठ महिनामा ५ लाख युवा विदेशीए, युएई जानेको सङ्ख्या सबैभन्दा बढी, कुन देशमा कति ?
ncell

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिनामा (साउन–फागुन) झन्डै साढे ५ लाख युवाले रोजगारका लागि विदेशीएका छन्।

वैदेशिक रोजगार विभागका अनुसार, फागुन महिनामा मात्रै ६८ हजार ९ सय ६३ युवाले श्रम स्वीकृति लिएका छन्। यससँगै, यो वर्ष कुल ५ लाख ३४ हजार ४ सय ७१ युवाले विदेश जाने स्वीकृति प्राप्त गरेका छन्। यो सङ्ख्या गत वर्षको तुलनामा ६३ हजार बढी हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

गत वर्ष २०८०/८१ को आठ महिनामा ४ लाख ७१ हजार युवाले श्रम स्वीकृति लिएका थिए। यस वर्ष, मासिक औसत ६६ हजार ८ सय ८ युवाले विदेश जाने कामका लागि श्रम स्वीकृति लिएका छन्।

नेपाली युवाको प्रमुख गन्तव्य युएई

यो वर्ष नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य युनाइटेड अरब इमिरेट्स (युएई) बनेको छ। फागुन महिनामा मात्रै २५ हजार १ सय १७ जनाले यूएईका लागि श्रम स्वीकृति लिएका छन्।

यस वर्षको ८ महिनामा कुल १ लाख ७३ हजार २ सय ५० नेपालीले यूएईका लागि श्रम स्वीकृति लिएको तथ्यांकमा उल्लेख छ ।  जसको हिस्सा ३२.४१ प्रतिशत छ।

युएई पछि, क्रमशः साउदी अरब, कतार, कुवेत र मलेसिया पनि प्रमुख गन्तव्य देशहरूमा देखिन्छ । यद्यपि, मलेसियामा श्रमिकको सङ्ख्या यस वर्ष झण्डै ५० प्रतिशतले घटेको छ । फागुनमा मलेसियाका लागि मात्र ३ हजार ७ सय १५ युवाले श्रम स्वीकृति लिएको तथ्याकमा उल्लेख छ ।

साथै, यस अवधिमा जापान र कोरियामा क्रमशः १ हजार ९ सय ६६ र १ हजार ८ सय ८३ युवाले श्रम स्वीकृति लिएका छन्। क्रोएसिया, रोमानिया, ओमान र बहराइनजस्ता देशहरू पनि नेपाली कामदारहरूको गन्तव्य बनेका छन्।

कुन महिनामा कति विदेशीए ?

विदेश रोजगारको लागि जानेहरूको संख्यामा बर्सेनि बढोत्तरी हुने गरेको छ । विदेश जानेहरूको मार्सिक आकडालाई हेर्दा

श्रम स्वीकृति लिने युवाको सङ्ख्या

साउन महिना ५९ हजार ५ सय ७५,

भदौ महिना ५७ हजार ४ सय ९३,

असोज महिना ५३ हजार ५ सय २५,

कात्तिक महिना ७० हजार ९ सय ९०,

मंसिर महिना ८४ हजार २ सय २६

पुस महिना  ६७ हजार २ सय ५८ 

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?