National life

रोजगारीका लागि जेठमा मात्रै ७३ हजार नेपाली विदेशीए, युएई जानेको संख्या सबैभन्दा बढी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ असार २०८१, मङ्गलबार
790Shares
रोजगारीका लागि जेठमा मात्रै ७३ हजार नेपाली विदेशीए, युएई जानेको संख्या सबैभन्दा बढी
ncell

काठमाडौँ । देश छोडेर परदेशिनुपर्ने नेपाली समाजको लागी सबैभन्दा सामान्य र नियमित दैनिकीको विषय जस्तो बनेको छ । देशभित्र प्रयाप्त मात्रामा रोजगारीको सृजना नभएकै कारण दैनिक रूपमा हजारौँको सङ्ख्यामा नेपालीहरू रोजगारीका लागि विदेशी परेको छ ।

चालु आर्थिक वर्ष २०८०/८१ को जेठ महिनामा मात्रै कामको खोजीमा करिब ७३ हजार नेपालीले देश छोडेका छन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको एक तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको जेठ महिनामा मात्रै ७२ हजार ८ सय ६१ नेपालीले रोजगारीका लागि बिदेसिएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यसमध्येमा ६४ हजार ८ सय ८६ पुरुष र ७ हजार ९ सय ७५ महिला छन् । गत वैशाखमा ७० हजार व्यक्ति रोजगारीको खोजीमा विदेश गएका छन्। यता, गत आर्थिक वर्ष २०७९/८० मा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या ७ लाख ७१ हजार पुगेको थियो ।

चैत्रयता प्रत्येक महिना ७० हजार हाराहारीमा नेपालीहरू वैदेशिक रोजगारीमा गइरहेको विभागको तथ्याङ्कमा उल्लेख छ । प्रस्तुत तथ्याङ्कअनुसार साउनसम्म वैदेशिक रोजगारीमा जानेको सङ्ख्या साढे सात लाख पुग्ने अनुमान गरिएको छ ।

साउनदेखि जेठसम्ममा १ लाख ७४ हजार ९१७ जनाले श्रम स्वीकृति लिएका छन् । केही वर्ष बसेपछि युएईलाई गन्तव्य बनाएर युरोप, अमेरिका, क्यानडा, अस्ट्रेलियालगायतका देशमा जाने क्रम बढेका कारण पछिल्लो समय युएई नेपालीको पहिलो रोजाइमा पर्ने गरेको देखिन्छ ।

यस्तै, जेठसम्म ८७ हजार जना मलेसिया गएका छन् । जेठमा मात्र संयुक्त अरब इमिरेट्स (युएई)मा २० हजार ४२४ जना गएका छन् । त्यस्तै मलेसियामा ८ हजार ७५२ जना पुगेका छन् । कतारमा ११ हजार ९७३, साउदी अरबमा १३ हजार ३६६ र कुवेतमा ३ हजार ४३२ जना रोजगारीका लागि पुगेका छन् ।

यता, युरोतर्फ पनि कामको खोजीमा जाने नेपालीको सङ्ख्या बढ्दै गइरहेको पाइएको छ । जेठ महिनामा क्रोएसियामा २ हजार ९२२ जना, रोमानियामा १ हजार ९४६ जना, साइप्रसमा ८९९, माल्टामा २८१ र पोर्चुगलमा १३९ जना रोजगारीका लागि पुगेका छन् ।

कुन महिनामा कति गए ?

विभागका अनुसार चालु आर्थिक वर्षको साउनमा ५५ हजार ५७५, भदौमा ५० हजार ८८४, असोजमा ५६ हजार २३५ र कात्तिकमा ४३ हजार ६२२ रोजगारीका लागि विदेश गएका छन् ।

त्यस्तै गरी , मङ्सिरमा ६८ हजार २०१ र पुसमा ६५ हजार ८१३ नेपाली विदेश गएका छन् ।माघमा ६२ हजार १४७, फागुनमा ६५ हजार ६५८, चैतमा ७० हजार ९३३, वैशाखमा ७० हजार ६३७ र जेठमा ७२ हजार ६ सय ८१ जना रोजगारीका क्रममा बिदेसिएको तथ्याङ्क छ ।

नेपालबाट कामको खोजीमा विदेशीने युवाको सङ्ख्या बढेसंगै विदेशबाट नेपालीले पठाइरहेको रेमिट्यान्स मा हरेक महिना बढी रहेको छ । राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू वर्षको १० महिनाको अवधिमा १९.२ प्रतिशतले बढेर ११ खर्ब ९८ अर्ब ६० करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
790SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?