National life

ऊर्जा परियोजनामा तीव्रता ल्याउन मन्त्रीको निर्देशन

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|०१ जेठ २०८३, शुक्रबार
1.4kShares
ऊर्जा परियोजनामा तीव्रता ल्याउन मन्त्रीको निर्देशन
ncell

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले निर्माणाधीन ऊर्जा परियोजनामा हुने ढिलाइ अब कुनै पनि हालतमा स्वीकार्य नहुने चेतावनी दिएका छन्। उनले समयमै काम नगर्दा राज्यलाई प्रत्यक्ष रूपमा ठूलो आर्थिक क्षति हुने भन्दै सम्बन्धित निकायलाई कडाइका साथ काम अघि बढाउन निर्देशन दिएका हुन्।

शुक्रबार विद्युत उत्पादन कम्पनी लिमिटेड र राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको स्थलगत निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले आयोजना कार्यान्वयनमा देखिएको ढिलासुस्तीप्रति असन्तुष्टि जनाउँदै स्पष्ट कार्यतालिका बिना परियोजना अघि बढ्न नसक्ने बताए।

उनका अनुसार एक दिनको ढिलाइले पनि परियोजनाको लागत बढ्ने भएकाले अब ढिलाइ सह्य नहुने स्पष्ट सन्देश दिइएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
मन्त्री श्रेष्ठले परिणाम नदेखिने काम र कागजी प्रगति मात्र अब स्वीकार नगरिने समेत चेतावनी दिए।

दुवै कम्पनी ऊर्जा क्षेत्रका रणनीतिक निकाय भएकाले कामको गति बढाउन र प्राथमिकता स्पष्ट पार्नुपर्ने उनको भनाइ थियो। उनले स्रोत र वित्तीय अवस्थाका आधारमा यथार्थपरक योजना बनाउन निर्देशन दिँदै नीतिगत अवरोध आए मन्त्रालय तत्काल समाधान गर्न तयार रहेको बताए।

पूर्वतयारी पूरा भएका आयोजनालाई तत्काल कार्यान्वयनमा लैजान पनि उनले निर्देशन दिए। सो क्रममा ऊर्जा मन्त्रालयका सचिव चिरञ्जीवी चटौतले पनि परियोजनाको कार्यक्षमता र प्रतिफलमा गम्भीर हुनुपर्नेमा जोड दिएका थिए।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?