National life

एमसीसी अन्तर्गत विद्युत प्रसारण लाइनका लागि धादिङमा जग्गा अधिग्रहण प्रक्रिया सुरु

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०७ भदौ २०८०, बिहिबार
684Shares
एमसीसी अन्तर्गत विद्युत प्रसारण लाइनका लागि धादिङमा जग्गा अधिग्रहण प्रक्रिया सुरु
ncell

काठमाडौं । विद्युत प्रसारण लाइनका लागि धादिङमा जग्गा अधिग्रहण प्रक्रिया सुरु भएकाे छ । अमेरिकाको अनुदान आयोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अन्तर्गत मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए-नेपाल)द्वारा सन्चालित विद्युत प्रसारण लाइन निर्माणका लागि धादिङमा पनि जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको हाे ।

४०० केभी विद्युत प्रसारण आयोजनाअन्तर्गत रातमाटे सबस्टेसनदेखि नयाँ हेटौंडा सबस्टेसन खण्ड तथा रातामाटे सबस्टेशनदेखि नयाँ दमौली अन्तर्गत पर्ने जग्गा अधिग्रहणको प्रक्रिया सुरु गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय धादिङले आज सूचना जारी गर्दै थाक्रे गाउँपालिकाको वडानम्बर ८, ११, १, २, ३, बेनिघाट रोराङ गाउँपालिकाको १०, ९, ८, ७, ५, ४, ३, गजुरी गाउँपालिकाको २, सिद्धलेखक गाउँपालिकाका ६ र ७, गल्छि गाउँपालिकाका ३, २ तथा नीलकण्ठ नगरपालिकाको ५ नम्बर वडामा पर्ने जग्गा अधिग्रहण प्रक्रिया सुरु गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र सरोकारवाला व्यक्तिले अधिग्रहण हुने जग्गामा कुनै घर, टहरा, रुखबिरुवा, बालीनाली लगायतका अन्य संरचना भए सोसमेतको मुआब्जा तथा क्षतिपूर्तिको दाबीसहित जिल्ला प्रशासन कार्यालय धादिङमा निवेदन दिन सक्नेछन् । साथै जग्गा अधिग्रहण गर्न नपर्ने कुनै मनासिब कारण भएमा पनि सात दिनभित्र निवेदन दिन सकिने सूचनामा भनिएकाे छ ।

४०० केभी विद्युत प्रसारण आयोजना निर्माणकै लागि पाल्पा र मकवानपुरमा पनि जग्गा अधिग्रहण प्रक्रिया सुरु भइसकेको छ । एमसीसी परियोजनाअन्तर्गत अमेरिका सरकारको अनुदानमा रातमाटे-लप्सीफेदी-हेटौंडा-नयाँ दमौली-नयाँ बुटवल खण्डमा प्रसारणलाइन निर्माण गर्न लागिएको हो ।

यसअन्तर्गत भारतीय सीमादेखि न्यु बुटवल, न्यु बुटवल-न्यु दमौली, न्यु दमौली-रातमाटे (नुवाकोट), रातमाटे-हेटौंडा र रातमाटे-लप्सीफेदी (काठमाडौं) प्रसारण खण्ड निर्माण गरिनेछ ।

यो प्रसारण लाइनको क्षमता ४०० केभी हुनेछ । त्यस्तै, रातमाटे, दमौली र बुटवलमा तीनवटा ४०० केभीका ठूला सबस्टेसनहरू निर्माण हुनेछन् । प्रसारण लाइनअन्तर्गतका आयोजनामा करिब ४० करोड डलर खर्च गरिनेछ ।

 

यो समाचार शेयर गर्नुहोस्
684SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?