National life

केबुलकारलाई यातायातको रुपमा प्रयोग गर्न आवश्यक : कुलमान घिसिङ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ मंसिर २०८०, आइतबार
437Shares
केबुलकारलाई यातायातको रुपमा प्रयोग गर्न आवश्यक : कुलमान घिसिङ
ncell

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केबुलकारलाई ट्रान्सपोटेसन (यातायात) को रुपमा प्रयोग गर्न आवश्यक रहेको बताएका छन्।

लुम्बिनी केबुलकारको भ्रमणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले केबुलकारलाई पर्यटनको हिसावले मात्रै नभइ ट्रान्पोटेसनको हिसावले पनि नेपालमा बढाउनुपर्ने जरुरी रहेको बताए।

उनले केबुलकारहरुले नेपालको अर्थतन्त्र चलायमान बनाउन र पर्यटन प्रवद्र्धन गर्न र विद्युत खपत बढाउने काम गरेको बताए। उनले नेपालको भौगोलिक अवस्थालाई बुझेर केबुलकारको संख्या अझै बढ्नुपर्ने बताए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले भने, ‘धेरै केबुलकारहरुले नेपालको इकोनोमिक एक्टिभिटिज र पर्यटनदेखि विद्युत खपत पनि राम्रो गर्छ। नेपालको भौगोलिक अवस्था र नेपालको जियोलोजिकल अवस्था र हाम्रो हिमाल, पहाड र तराईको अवस्थालाई हेरेर धेरै केबुलकार बढ्नुपर्छ। यस्तै केबुलकारहरुले हाम्रो विद्युतको खपत बढ्ने हो र यो विभिन्न ठाउँमा इकोनोमिक एक्टिभिटी बढ्छ, पर्यटकहरु बढ्छन्, रोजगारीको अवसर पनि बढ्छ। केबुलकारलाई पर्यटनको हिसावले मात्रै नभइ ट्रान्पोटेसनको हिसावले पनि नेपालमा केबुलकारको महत्वपूर्ण भूमिका हुनेछ।’

उनले नेपालमा सडक बनाएर डाँडामा पुग्नुभन्दा केबुलकार बनाएर त्यहाँको प्रवद्र्धन र सामान आयात गर्नुपर्ने व्यवस्था हुन आवश्यक रहेको बताए।

उनले भने, ‘नेपालमा बाटो बनाएर डाँडामा पुग्नुभन्दा पनि ठूला ठूला ट्रान्सपोटेशन केबुलकारबाट गर्दा राम्रो हुन्छ। यसले विद्युत खपतका साथै इकोनोमिमा राम्रो गर्छ। लुम्बिनी केबल कार महत्वपूर्ण छ।’

त्यस्तै लुम्बिनी केबलकारका अप्रेशन म्यानेजर डिएन कायस्थले दशैँ तिहारको बीचदेखि अहिलेसम्म पर्यटकको भीड रहेको बताए। उनले आफूहरुले अपेक्षा गरेअनुसारकै पर्यटकहरु आएकोमा खुशी व्यक्त गरे।

उनले भने, ‘यात्रुहरुको भीड छ। दशैँ तिहारको अफर र छुट्टिको समयमा अपेक्षागरेअनुसार नै यात्रुहरु आउनुभएको छ।’ उनले लुम्बिनी केबुलकारको टिकट महंगो नभएको बताए।

 

 

यो समाचार शेयर गर्नुहोस्
437SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?