National life

चिरख्वा हाइड्रोपावरले बोलायो वार्षिक सभा, समेटिएन लाभांश प्रस्तावको एजेण्डा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ फागुन २०८१, आइतबार
689Shares
चिरख्वा हाइड्रोपावरले बोलायो वार्षिक सभा, समेटिएन लाभांश प्रस्तावको एजेण्डा
ncell

काठमाडौं। आगामी चैत १० गतेका लागि चिरख्वा हाइड्रोपावर लिमिटेडले आफ्नो छैठौं साधारणसभा बोलाएको छ।

कम्पनीको फागुन २३ गते बसेको सञ्चालक समिति बैठकले काठमाडौंको जोरपाटीस्थित कुण्डलिनी रोयल्समा बिहान ९ बजेका लागि सभा बोलाएको हो ।

कम्पनीले सभाका लागि लाभांश सम्बन्धी भने कुनै प्रस्ताव समावेश गरेको छैन। गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने र ५ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव सभामा पेश हुनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साथै, राष्ट्रिय वाणिज्य बैंकबाट लिएको कर्जा अनुमोदन गर्ने र आयोजनाहरू पहिचान गरी उपयुक्त आयोजनामा लगानी गर्ने विशेष प्रस्ताव समावेश गरिएको छ । सभा प्रयोजनार्थ कम्पनीले चैत १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजको आधारमा चैत ११ गतेसम्म कायम शेयरधनी मात्र सभामा भाग लिन सक्नेछन्।

यो समाचार शेयर गर्नुहोस्
689SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?