National life

पिपुल्स हाईड्रोपावर कम्पनीको सञ्चालकमा भण्डारी र अधिकारी निर्विरोध निर्वाचित

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०१ असार २०८०, शुक्रबार
621Shares
पिपुल्स हाईड्रोपावर कम्पनीको सञ्चालकमा भण्डारी र अधिकारी निर्विरोध निर्वाचित
ncell

काठमाडौं । इन्सुरेन्स खबर अनलाइनका अध्यक्ष तथा प्रकाशक केशव प्रसाद भण्डारी पिपुल्स हाईड्रोपावर कम्पनीको सर्वसाधारण समुहका शेयरधनीहरुको तर्फबाट निर्विरोध निर्वाचित भएका छन् । उनि सहित रामशरण अधिकारी निर्वाचित भएको कम्पनीको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कम्पनीको असार ४ गते हुन गइरहेको साधारणसभामा आजै सर्वसाधारण शेयरधनीको तर्फबाट दुई सञ्चालकको निर्वाचन मिति तोकिएको थियो । तोकिएको समय भित्र दर्ता हुन आएका उम्मेदवार मध्ये कृष्ण प्रसाद अधिकारीले आफ्नो उम्मेदवारी फिर्ता लिएकाले केशव प्रसाद भण्डारी र रामशरण अधिकारी निर्विरोध निर्वाचित भएका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रकाशक भण्डारी यस भन्दा अगाडी कामना सेवा बिकास बैंकका पुर्व संचालक र महुली लघुबित्तका पुर्ब स्वतन्त्र संचालक हुन् । सानो उमेरमै सञ्चालकको यात्रा सुरु गरेका भण्डारी पूँजी बजार, वित्तीय क्षेत्र, बीमा क्षेत्रमा विशेष दख्खल राख्दछन् ।

 

यो समाचार शेयर गर्नुहोस्
621SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?