काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले जानकारी गराउँदा समेत बत्तीको पैसा नतिरेपछि नेपाली कांग्रेस संसदीय दलको कार्यालयको लाइन काटिदिएको छ।
प्राधिकरणले आज बिहानबाट उक्त संसदीय दल कार्यालयको लाइन काटेको हो। तीन महिनासम्म बत्तीको बिल नतिर्दा प्राधिकरणले लाइन काट्ने गरेको छ ।
संघीय संसद् सचिवालयले समयमै बिल नतिर्दा लाइन काटिएको प्राधिकरणले जनाएको छ ।
६५ हजार जति कांग्रेस संसदीय दलको कार्यालयले तिर्न बाँकी रहेको छ।
संसद् सचिवालयले भने उक्त बाकी रहेको रकम आजै भुक्तानी गरेर तिरेर काटिएको लाइन जोड्ने तयारी भइरहेको जनाएको छ।


































