काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेसपा (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय गौरवको बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको हत्या भएको बताएका छन् । बजेट वक्तव्यमार्फत सार्वजनिक निजी साझेदारीमा निर्माण गरिनेछ भनेर सरकारले आयोजनाको घाँटी छिनालेको भट्टराईले आरोप लगाए ।
सामाजिक सञ्जालमा डा.भट्टराईले यस्तो लेखेका छन्– 'अन्ततः राष्ट्रिय गौरवको बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको हत्या भएको छ।
https://aarthikvoice.com/archives/64912
'देशको बहुआयामिक आर्थिक रूपान्तरणका लागि गेमचेन्जर आयोजनाको रूपमा यसको प्रमुख परिकल्पनाकार र पहलकर्ताको नाताले म यो सरासर वदनियतपूर्ण, जनविरोधी र राष्ट्रघाती निर्णयको घोर भर्त्सना र विरोध गर्दछुु डा.भट्टराईले लेखेका छन् ।
उनले लेखेका छन्–'भविष्यको उज्ज्वल सपनाको खातिर आफ्नो पुस्तौँदेखिको सम्पत्ति र थातथलो सहज हस्तान्तरण गरेर यो आयोजना कार्यान्वयनका लागि पूर्ण सहयोग गर्दै आउनुभएका गोरखा र धादिङको प्रभावित क्षेत्रका जनताप्रति पूर्ण सहानुभूति र ऐक्यबद्धता व्यक्त गर्दछु।'
https://aarthikvoice.com/archives/64443
यो निर्णय राष्ट्रिय विश्वासघात र अपराधपूर्ण भएकोले सशक्त प्रतिवाद गर्न प्रभावित क्षेत्रका जनता र सबै सचेत नागरिकहरूसँग उनले अपिल पनि गरेका छन् ।


































