National life

भगवति हाइड्रोपावरको आइपीओ आजदेखि विक्री खुला, कति कित्तासम्म आवेदन दिन पाइन्छ ?

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२४ असार २०८०, आइतबार
1.2kShares
भगवति हाइड्रोपावरको आइपीओ आजदेखि विक्री खुला, कति कित्तासम्म आवेदन दिन पाइन्छ ?
ncell

काठमाडौं । भगवति हाइड्रोपावर कम्पनीले आज असार २४ गतेबाट आइपीओ विक्री गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुको लागि र बैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि प्रिमियममा आइपीओ जारी गर्न लागेको हो ।

कम्पनीले आफ्नो जारी पुँजीको १० प्रतिशत अर्थात ५ करोड ७२ लाख ६ हजार पाँच सय रकम बराबरको १ सय रुपैयाँ अंकित दरमा प्रिमियम रकम १६ रुपैयाँ थप गरी १ सय १६ रुपैयाँमा ५ लाख ७२ हजार ६५ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १३,१४,२६ र २७(साविकको पोखरा उप महानगरपालिका वडा नं.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
१३,१४,१८,२२ र लेखनाथ नगरपासलका वडा नं.२,३,४,५,६ र ७) स्थानीयका लागि निष्काशन गर्नेछ ।

त्यस्तै, सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको साधारण शेयरको १० प्रतिशतले हुन आउने ८५ लाख ८१ हजार १०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँका दरले ८५ हजार ८१० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुले न्युनतम १० कित्तादेखि ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारमा रहेकाले १० कित्तादेखि ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले निष्काशन गर्न लागेको आइपीओलाई केयर रेटिङ नेपालले केयर एनपी त्रिपल बि माइनस इस्युअर रेटिङ दिएको छ । उक्त रेटिङले संस्थालाई समयमा नै वित्तीय दायित्व पुरा गर्ने समन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छ ।

उक्त आइपीओमा आयोजना प्रभावितहरुले असार २४ गतेदेखि साउन ७ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयभित्र सम्पुर्ण आवेदन नपरेमा साउन २२ गतेसम्म आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारमा रहेकाले असार २४ गतेदेखि साउन ७ गतेसम्म आवेदन दिन सक्नेछन् ।

आइपीओमा आयोजना प्रभावित वासिन्दाहरुले सिद्धार्थ क्यापिटल काठमाडौं, सिद्धार्थ बैंक कास्की, कामना सेवा विकास बैंक कास्की शाखा, कुमारी बैंक, कास्की लेखनाथ र कुमारी बैंकको शाखा काहुनखोला कास्कीबाट आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

 

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?