National life

मनकामना दरौदी हाइड्रोपावरको सेयर नकिन्न धितोपत्र बोर्डको आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२५ जेठ २०८०, बिहिबार
731Shares
मनकामना दरौदी हाइड्रोपावरको सेयर नकिन्न धितोपत्र बोर्डको आग्रह
ncell

काठमाडौं। नेपाल धितोपत्र बोर्डले लगानीकर्तालाई मनकामना दरौदी हाइड्रोपावर कम्पनीले निष्कासन गरेको सेयर नकिन्न आग्रह गरेको छ।

बुधबार एक सूचना जारी गर्दै बोर्डले कम्पनीको सेयर नकिन्न भनेको हो। कम्पनीले स्वीकृति नलिइ सर्वसाधरणलाई लक्षित गरेर सेयर बिक्री खुला गरेको छ। बुधबार एक सार्वजनिक सुचनामार्फत कम्पनीले सेयर खरीद गर्नका लागि आह्वान गरेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नियामकीय प्रवाधान अनुसार सेयर जारी गर्नुअघि बोर्डबाट स्वीकृति लिनु पर्छ। एक पटकमा ५० भन्दा बढी व्यक्तिलाई सेयर विक्री गर्ने भएमा नियामको स्वीकृति आवश्यक पर्छ।

स्वीकृति बिना नेपालमा सेयर निष्कास तथा बिक्री गर्नु गैरकानुनी हुने बोर्डले जनाएको छ।संचार माध्यमबाट त्यस्तो सूचना तथा विज्ञापन प्रकासित नगर्न पनि आग्रह गरेको छ।

कम्पनीले कम्तिमा ५०० कित्ता सेयर खरीद गर्न इच्छुकले ३५ दिनभित्र आवेदन दिन भनेको छ। कम्पनीले अंकित मूल्य १०० रुपैयाँका दरले बिक्रीमा राखेको हो। सूचनामा सेयर ३५ दिन सम्मका लागि बिक्रीमा राखिएको छ।

कम्पनीले गोरखाको दरौदी नदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ। आयोजना ९.८४ मेगावाट क्षमताको छ।

आयोजनाको चुक्ता पुँजी बृद्धिका लागि कम्पनीले सेयर बिक्रीमा राखेको सुचनामा उल्लेख गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
731SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?