काठमाडौं । स्वतन्त्र उर्जा उत्पादक संघ (इप्पान) का अध्यक्ष गणेश कार्कीले हिमालयन हाइड्रो एक्स्पोको अपरिहार्यताका बारेमा चर्चा गरेका छन् । कार्कीले यसपालिको एक्स्पो विगतको तुलनामा भिन्न हुने आँकलन गरेका हुन् । मुख्य तय उनले अहिले पब्लिक डिमाण्ड फरक भएको, क्लिन इनर्जी, ग्रिन इनर्जीमा विश्वको ध्यान गएको, कतिपय मुलुकमा सुरक्षित लगानीको वाताबरण नभएको, नेपाल सरकारले जलविद्युतलाई सजाउँने सपना बुन्न थालेको र भारतले पनि उदार नीति लिएको खुलाएका छन् ।
यसपालिको हिमालयन एक्पोमा क्लिन इनर्जी तथा ग्रिन इनर्जीलाई फोकस गरीने
कार्कीले मुख्य कुरा भनेको यसपालिको हिमालयन एक्पोमा क्लिन इनर्जी तथा ग्रिन इनर्जीलाई फोकस गरीने बताएका छन् । उनले बंगलादेश र भारतले पनि जलविद्युतमा उदार नीति लिइरहेको सम्झाउँदै लगानीको उपयुक्त गन्तव्यका रुपमा विदेशीका आँखा नेपालमा पर्न थालेको सम्झाए। उनले आफूहरु विभिन्न लगानी सम्मेलनमा सहभागी हुँदा नेपाल विदेशीको लगानीका लागि आकर्षणको केन्द्र बनेको पाएको ठहर गरेका हुन् ।
विदेशमा बसेका नेपालीबाट पनि लगानीका लागि आह्वान गर्नु पर्ने र लगानीसँगै विश्वको नयाँ नयाँ प्रविधि भित्राउँनेतर्फ सोच्नुपर्ने
उनले लगानी सम्मेलनमा ४६ खर्ब रुपैयाँ आवश्यक देखिएको भन्दै त्यसमा कहाँबाट ल्याउँने भन्नेमा राष्ट्र बैंकका कर्मचारीहरु १० खर्ब मात्रै नेपालबाट जुटने अनुमान गरिरहेको बताए । उनले विदेशमा बसेका नेपालीबाट पनि लगानीका लागि आह्वान गर्नु पर्ने र लगानीसँगै विश्वको नयाँ नयाँ प्रविधि भित्राउँनेतर्फ सोच्नुपर्नेमा जोड दिए।
समयमै विकास निर्माण गरेर त्यसबाट जनतामा ठूलो मात्राको रोजगारीसँगै सुनौला अवसरहरुको पनि सिर्जना हुने
साथै छिमेकी मुलुक भारत पनि नेपालको लगानी सम्मेलनका लागि उदार नीति लिएर अघि बढेकाले नेपालमा रहेका पूर्वाधारहरुको समयमै विकास निर्माण गरेर त्यसबाट जनतामा ठूलो मात्राको रोजगारीसँगै सुनौला अवसरहरुको पनि सिर्जना हुने अध्यक्ष कार्कीले बताएका छन् ।
https://aarthikvoice.com/archives/30947

































