National life

इप्पानले २४औँ साधारणसभा र आठौँ अधिवेशन जेष्ठ २९ मा गर्ने निर्णय

इप्पान नेतृत्व भन्छ– ‘अर्नगल प्रचार खण्डन, अधिवेशन भव्य बनाइने’

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|२५ जेठ २०८३, सोमबार
3.6kShares
इप्पानले २४औँ साधारणसभा र आठौँ अधिवेशन जेष्ठ २९ मा गर्ने निर्णय
ncell

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले आगामी २०८३ साल जेठ २९ गते २४औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशन गर्ने भएको छ। संस्थामा हाल ७०० भन्दा बढी कम्पनी सदस्य रहेका छन्।

इप्पानले हालै जारी गरेको जानकारीअनुसार अघिल्ला साधारणसभाबाट गठित विधान संशोधन तथा पुनर्लेखन समितिले महासंघमा रूपान्तरण गर्ने प्रस्तावसहित मस्यौदा तयार पारेको थियो। उक्त प्रतिवेदनमाथि छलफलपछि संस्थाले विभिन्न चरणमा विधान संशोधन प्रक्रियालाई अघि बढाएको जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

संस्थाको २३औँ साधारणसभाले अध्यक्षलाई आवश्यक कार्यान्वयनका लागि अख्तियारी दिएको थियो भने पछिल्लो कार्यसमिति बैठकले मौजूदा विधानअनुसार २४औँ साधारणसभा र आठौँ अधिवेशन गर्ने निर्णय गरेको इप्पानले स्पष्ट पारेको छ।

हालै सम्पन्न कार्यसमिति बैठकले विधान संशोधनसम्बन्धी प्रस्तावमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था हटाउने तथा एक कार्यकाल पूरा गरेका योग्य सदस्यले मात्र अध्यक्ष पदमा उम्मेदवारी दिन पाउने व्यवस्था अघि सार्ने प्रस्ताव गरेको पनि जानकारी दिइएको छ।

त्यस्तै, अन्य सबै पदमा खुला प्रतिस्पर्धाबाट उम्मेदवारी दिने व्यवस्था गर्ने प्रस्तावसमेत अगाडि बढाइएको छ।

इप्पानले केही पदाधिकारीद्वारा विधान हराएको र अधिवेशन नियमविपरीत हुने भन्दै फैलाइएका भनाइहरू गलत भएको दाबी गर्दै ती अभिव्यक्तिको कडा खण्डन गरेको छ। संस्थाले विधान संशोधन मस्यौदा तथा सम्बन्धित प्रतिवेदन सुरक्षित रहेको स्पष्ट पारेको छ।

संस्थाका अध्यक्ष गणेश कार्कीका अनुसार साधारणसभा र अधिवेशनका लागि जेठ ९ र १० गते सार्वजनिक सूचना जारी भइसकेको छ। उनले सबै सदस्यहरूलाई भ्रममा नपरी अधिवेशन सफल बनाउन सक्रिय सहभागिता जनाउन आग्रह गरेका छन्।

यो समाचार शेयर गर्नुहोस्
3.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?